कृषि उपज प्रर्वद्धनमा ‘अक्सन’ योजना

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालित कृषि वजारमा हाल ५० वटा सटरहरु मार्फत कृषि गतिविधि सञ्चालन छन् । यि सटरहरु मध्य कर्णालीका स्थानीय कृषकका उत्पादनका लागि भनेरै एउटा ‘किसान कोठा’ समेत सञ्चालनमा ल्याइएको छ । यो किसान कोठामा कर्णालीका कृषकले आफ्ना उत्पादन आफै यहाँबाट बिक्रि वितरण गर्न सक्छन् ।

कर्णालीमा तरकारी तथा फलफुल बजारका लागि मुख्यस्थल रहेको यस बजारले अहिले ‘अक्सन बजार केन्द्र’ समेत सञ्चालनमा ल्याउने तयारी अघि बढाएको छ । कृषि बजार भित्रको अक्सन केन्द्रमा कर्णालीका स्थानीय कृषकहरुले आफ्ना कृषि उत्पादनलाई लिलामी माध्ययमबाट बिक्रि गर्न सक्नेछन् ।

‘अक्सन बजार केन्द्र मार्फत कृषकलाई आफ्ना उत्पादनको मूल्य निर्धारण गर्न सहज हुने हामीले विश्वास लिएका छौँ । यसका साथै उनिहरुलाई व्यवसायीसँग सिधा सम्पर्क बढाउन समेत मदत मिल्नेछ,’ कृषि बजारका व्यवस्थापक केशर रास्कोटीले भने । अक्सन केन्द्रका लागि बजार परिसरको मध्य भागमा गत चैत्र देखि एक सय ४४ वर्ग मिटर क्षेत्रफलको कोठा निर्माणकार्य समेत सुरु भईसकेको छ । अक्सन केन्द्रको स्थापनाका लागि संघिय सरकारको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवद्र्धन केन्द्रले सघाएको हो ।

कुल १७ लाख १० हजार सात सय ४० रुपैयाँ लागतमा कृषि बजार व्यवस्थापन समितिले अक्सन केन्द्रको भवन निर्माण कार्य अघि बढाईरहेको छ । भवनको कुल लागतमा बजार व्यवस्थापन समितिको दुई लाख ५६ हजार ६ सय पाँच रुपैयाँ लागत सहभागिता रहेको व्यवस्थापक रास्कोटीले जानकारी दिए ।

चैत्रबाट सुरु भएको निर्माणकार्य आगामी असारमसान्तसम्ममा सम्पन्न गरी सञ्चालनमा ल्याउने कृषि बजार व्यवस्थापन समितिको लक्ष्य छ ।
बजारमा रहेका ५० सटरमा हाल २७ वटा तरकारी तथा फलफुल व्यवसाय सञ्चालनमा छन् । यसैगरी बजार भित्र दुई वटा सहकारी संस्था र एक-एक वटा आईपिएम, एग्रोभेट, चमेना गृह समेत सञ्चालनमा रहेको व्यवस्थापक रास्कोटीले जानकारी दिए ।

निर्धारित समयसिमामा असिमित कारोवार

अक्सन केन्द्रमा किसानले हाललाई निर्माधारित समयसिमामा असिमित कारोवार गर्न पाउँछन् । ‘हाम्रो बजारमा विहानको समयमा धेरै चहलपहल हुन्छ । विहानको १० बजेसम्म किसानले आफ्नो उत्पादन प्रर्दशनमा राखेर बिक्रि गर्न पाउछन् । यहाँ आउने किसानले यति मात्रामा मात्र कृषि उत्पादन ल्याउनैपर्ने कुनै सिमा भने छैन’, कृषि बजार व्यवस्थापन समिति, सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाहीले भने ।

अध्यक्ष शाहीका अनुसार अक्सन केन्द्रको मुख्य उदेश्य कणर्ालीका किसानलाई तरकारी तथा फलफुल व्यवसायीको ढोका-ढोकामा बजार खोज्दै जान नपरोस् भन्ने हो । अक्सन केन्द्रमा किसानले ल्याएका तरकारी तथा फलफूल त्यही नै व्यवसायीले खरिद गर्ने वातावरण सृजना गर्नु मुख्य उदेश्य रहेको उनले जनाए ।

बजारमा ल्याइपुर्‍याउने तरकारी तथा फलफूल बिक्रि नभएर खेर जाला भन्ने चिन्ता समेत हुदैन । किसानको उत्पादन समयमा नै बिक्रि नभएमा किसानका लागि मात्र चिस्यान केन्द्र र भण्डारण कोठालगायतको समेत व्यवस्था मिलाइएको छ । ‘कुहिने तथा सड्ने जोखिम भएका उत्पादनलाई हामीले किसानसँग न्यूनतम रकम लिएर ४८ घण्टासम्म भण्डारण गर्न पाउने व्यवस्था मिलाएका पनि छौ ।

अनि चिस्यान आवश्यक नपर्ने कृषि उपज भण्डारणका लागि निःशुल्क रुपमा अर्को भण्डारण कक्षको व्यवस्था पनि छ’, अध्यक्ष शाहीले भने ।

भारतबाट सात सय मेट्रिकटन आलु आयात

चालु आर्थिक वर्षको साउन महिना देखि चैत्रसम्ममा भारतबाट मात्र ३९ दशमलव पाँच मेट्रिकटन आप आयात भएको छ । यस अवधिमा कुल एक सय ५३ दशमलव पाँच मेट्रिकटन हरियो र कालो अंगुर भारतबाट मात्रै आयात भएको सुर्खेत स्थित कृषि बजारको तथ्यांक छ । चालु आर्थिक वर्षको ९ महिनामा मात्र उल्लेखित परिमाणमा कृषि उपज आयात भएका हुन् ।

यसैगरी अनार १८ मेट्रिकटन, १० दशमलव दुई मेट्रिकटन अम्बा, सात सय तीन दशमलव चार मेट्रिकटन आलु, पाँच दशमलव पाँच मेट्रिकटन हरियो नरिवल भारतबाट आयात भएको छ । यसैगरी १८ दशमलव नौं मेट्रिकटन कागती, दुई दशमलव एक मेट्रिकटन किवी, एक सय ४८ दशमलव आठ मेट्रिकटन केरा, एक सय एक दशमलव नौं मेट्रिकटन टमाटर आयात भएको कृषि बजारको तथ्यांक छ ।

आयात तर्फ ८६ दशमलव सात मेट्रिकटन प्याज भारतबाट मात्र आयात भएको छ । ७९ मेट्रिकटन सुन्तला, ३८ दशमलव एक मेट्रिकटन स्याउ र दुई दशमलव पाँच मेट्रिकटन भान्टा भारतबाट मात्रै सुर्खेत स्थित कृषि बजारमा आयात भएको हो ।

कृषि उपज प्रर्वद्धनमा ‘अक्सन’ योजना

कांग्रेसका तीन मन्त्रीकाे सपथ आज

कृषि उपज प्रर्वद्धनमा ‘अक्सन’ योजना

YUGAAWHAN NATIONAL DAILY (2080-01-06)

Leave a comment

Your email address will not be published. Required fields are marked *