नेल्टा कर्णालीको अध्यक्षमा शर्मा

नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा), कर्णालीको अध्यक्षमा धनीराम शर्मा निर्वाचित भएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित समितिको दोस्रो साधारण सभाले शर्मालाई सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा चित्रबहादुर खत्री, उपसभापति महेश शाही, महासचिव बेतेन्द्रकुमार दहाल, सचिव प्रकाश जैशी निर्वाचित भएका छन् । समितिको सदस्य सचिवमा शेरबहादुर खड्का, कोषाध्यक्षमा खगेन्द्रबहादुर शाही, सदस्यहरूमा क्रमशः राजकुमार शर्मा, लक्ष्मीप्रसाद बास्तोला, टीका तामाङ, पार्वतीकुमारी पोखरेल, यज्ञप्रसाद शर्मा निर्वाचित भएका छन् ।

नवराज पौडेल, रामचन्द्र रेग्मी, नरेन्द्रबहादुर शाही, प्रकाश शाही, खगेन्द्रप्रसाद भट्टराई सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी दलबहादुर शाही (पदेन सदस्य), शंकर रावल (पदेन सदस्य), डिल्ली राम आचार्य (पदेन सदस्य) र बिष्णु कुमार खड्का (निवर्तमान सभापति) रहेका छन् ।

नेल्टा कर्णालीको अध्यक्षमा शर्मा

अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय शिक्षा

नेल्टा कर्णालीको अध्यक्षमा शर्मा

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनाव

This will close in 0 seconds