गैसस महासंघ कर्णालीको अध्यक्षमा केसी


गैरसरकारी संस्था (गैसस) महासंघ, कर्णालीको अध्यक्षमा घनश्याम केसी चयन भएका छन् ।
वीरेन्द्रनगरमा शनिवार आयोजित संस्थाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले केसीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विरेन्द्रबहादुर बुढा, सचिवमा रणबहादुर कार्की, सहसचिवमा राधा सुनार, र कोषाध्यक्षमा चन्द्रप्रकाश शर्मा चयन भएका छन् ।
सदस्यहरुमा विरबहादुर बस्नेत, खड्क परियार, रमेश ऐडी, मलकला भण्डारी, खिमा डाँगी र पहलमान रोकाया चयन भएको निर्वाचन समितिले जनाएको छ ।






