गुर्भाकोटमा रेबिज लागेर एक भैंसीको मृत्यु

सुर्खेत,३ फागुन ।
गुर्भाकोट नगरपालिका वडा नम्बर २ दह स्थित नेत्रलाल शर्मा गैरेको एक दुहुनो भैंसीको रेबिज लागेर मृत्यु भएको छ । गत सोमबार देखि रेबिज रोगको लक्षण जस्तै मुखबाट र्याल छोड्ने मानिस लाई झम्टन खोज्ने कुकुर झै कराउने लक्षण देखा परेको थियो । सोही भैंसीलाई सुरक्षित साथ बाधिएर राखीएको भए पनि रेबिजको लक्षण देखा पर्दै गएपछि उक्त भैसीको मृत्यु भएको गैरेले बताए ।
भैंसीमा रेबिज देखा परे लगत्तै घर परिवारलाई रेबिज विरुद्ध को खोप लगाएइको छ । भैंसीको मृत्यु भएपछि डोजरले खाडल खनी मंगलबार साँझ भैसीलाई गाडिएको छ । अन्य पशुचौपायामा पनि रेबिज हुन सक्ने भन्दै सतर्कता अपनाउन वडा कार्यालयले आग्रह गरेको छ ।





