शिक्षा सुधारमा ध्यानाकर्षण गर्दै एकीकृत अखिलले वुझायो ज्ञापन पत्र

दुर्गा विसि
सल्यान,२ फाल्गुन ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको शिक्षा क्षेत्रमा नितिगत सुधारको माग गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनले १६ वुदें माग पत्र नगर प्रमुख कर्णवहादुर वुडाथोकिलाइ वुझाएको छ ।
बनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षकहरु माथि हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्ने,यश नगरपालिकामा वर्षो प्रधानाध्यापकहरुको बैठक वस्न छोडेकेलो त्रेमासिक बैठक वसाल्नुपर्ने, शुन्य दरवन्दि भएका विद्यालयहरुमा यथासक्य कार्याविधि वनाइ शिक्षक व्यवस्थापन गर्नुपर्ने,रहेकाे छ ।

बालविकास नभएका १० विद्यालयमा जतिसक्दो चाडैं वालविकास सहजकर्ता भर्ना गर्नुपर्ने,विद्यालयको मर्जको कार्या तत्काल अघि वडाउनुपर्ने,यश नगरका केही विद्यालयहरुमा कतै न्यून विद्यार्थी,कतै शिक्षक अपुगले समस्या सृजना भएको प्रती नगरपालिका यश तर्फ गम्भीर वन्नुपर्ने,धेरै लामो समय देखि रिक्त विद्यालयहरुमा शिक्षक पदपूर्ति नहुदा पठनपाठनमा समस्या थपेकोले यश तर्फ जतिसक्दो चाँडै शिक्षक छनौट प्रक्रिया अघि वढाउनुपर्ने,शिक्षा सिमिलाइ पुर्णता दिन माग,स्थानीय सरकार पश्चात् स्थानीय पाठ्यक्रम नहुदा यश नगरका हजारौं विद्यार्थी उक्त विषय पढ्न नपाइ समस्या थपिएको र आउँदो शैक्षिकसत्र देखि तत्काल स्थानीय पाठ्यक्रम लागु गर्न माग,आवदिक परिक्षा,विद्यालयमा हुने विदामा समेत एकरुपता गराउन माग गरिएको छ ।
१६ बुदे ज्ञापन पत्र वुझाउदै यश ध्यानाकर्षण पत्रका संयोजक तथा एकीकृत अखिल नेपाल शिक्षक संगठनका गुमान सिं विष्टले यसले नगर सरकारलाई काम गर्न मार्ग निर्देशन हुने जनाए ।सबै कुरा शिक्षाको सुधारका लागि भएको र यश तर्फ नगर सरकार गम्भीर वन्न समेत आग्रह गरिएको छ ।संगठनको नगर स्तरीय बैंकक निर्णय गर्दै नगर प्रमुख वुढाथोकिलाइ उक्त माग पत्र पेश गरेको नगर अध्यक्ष खुम प्रकाश् वस्नेतको भनाइ रहेको छ ।तर अन्य संगठनहरु भने यस्ता कुरा चासो नदिएको देखिन्छ ।







