लाइसेन्स बिना सञ्चालन अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा

प्रभुराम पाण्डे

कालिकोट,२ फाल्गुन ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लाइसेन्स र ब्लुबुकविना सञ्चालन गरेको, मनपरी भाडा लिएको लगायतका गुनासो नागरिकबाट आएपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिना सञ्चालन गरिएको अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले सोमबार ताडी बसपार्कमा सात अटो रिक्सा नियन्त्रणमा लिएको हो । अटो चालकले अटो रिक्सा चलाउन आवश्यक कागजपत्र विना चलाएको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अटो व्यवसायीहरूले आफूखुशी भाडा असुल गर्ने गरेको, सवारीको रुट परमिट नभएको, सवारी चालक अनुमतिपत्र विना चलाएको, आवश्यक भन्दा तीव्र गतिमा चलाएको र यसले घटना घट्ने हुँदा उक्त अटो नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक कार्यालय कालिकोट प्रहरी साहेक निरक्षेक लक्ष्मिराज जोसिको कमान्डमा लिएको हुन ।

यस्तै अन्य मोटरसाइकल ,ट्याक्टर,जीव बलेरो गाडी लगाएत सवारी साधनलाई पनि नियन्त्रण लिएको र कडा कार्बाही गर्ने लक्ष्मिराज जोसिले बताए ।

लाइसेन्स बिना सञ्चालन अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा

राष्ट्रियतालाई लत्याएर एमाले सत्ता स्वार्थमा लाग्दैन : 

लाइसेन्स बिना सञ्चालन अटो रिक्सा ट्राफिक प्रहरीले नियन्त्रणमा

शिक्षा सुधारमा ध्यानाकर्षण गर्दै एकीकृत अखिलले वुझायो

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!