क्यान्सर पीडित विश्वकर्माद्वारा सहयोगको अपिल

हुम्ला,२ फागुन ।
हुम्लाको सर्केगाड गाउँपालिका– ७ को रोडिकोट गाउँका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला पर्दै आएका छन । पछिल्लो अवस्थाले उनि आर्थिक अभाव हुन थालेपछि निकै हतास मनस्थितिमा गुज्रिरहेको देखिएको हो ।
अहिलेसम्म उनले कहिल्यै कसैलाई उपचारका निम्ति गुहार मागेका थिएनन । उनिसँग भएको धेरथोर रकमबाट सकेको उपचार गर्दै अाएका छन्र । पाँच वर्षसम्म रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिले काम नगर्दा पैसा खर्च हुँदै गए पनि उनि निको हुन सकेका छैनन ।
यसअघि नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा रोग पत्ता लाग्न सकेको थिएन । उनि हाल भारतको लखनउको भगवती रूप अस्पतालमा उपचाररत छन । अहिले उनमा लागेको रोग क्यान्सर भएको पुष्टि भएको छ । चार महिनादेखि उक्त अस्पतालमा उपचार गराई रहेका छन । उनले अस्पतालको बेडबाटै हालसम्म तीस लाख खर्च भएको बताए । उनले भएको रुपियाँ सकिएका कारण अब उपचारका लागि आर्थिक सङ्कट सुरु भएको बताए ।
पछिल्लो समय उनि झन्झन् कमजोर बन्दै गई रहेका छन । जब उनि सम्पूर्ण रूपमा रित्तो हुँदै गए तब उनि अहिले मृत्यु पर्खी रहेका छन । उपचार गर्न नसकेर हतास भएका जगतले अब मृत्यु कुर्नुबाहेक अरू कुनै विकल्प नभएको बताए । २०५२ सालदेखि २०६३ सम्म माओवादी आन्दोलनमा होमिएका जगत अहिले निकै सङ्कटमा परेका छन ।
पार्टीका लागि लडियो तर अहिले रोगले थला परेको बेला सहयोग गर्ने कोही नभेटिएकोमा उनले दुःखेसो सुनाए । उनि अहिले अस्पतालको बेडबाट सहयोगको अपिल गरिरहेका छन । हिजो कमजोर र बेसहारालाई भरोसा दिने उनि आज आफैँ सहारा खोज्ने स्थितिमा पुगेका छन ।
विश्वकर्माले थप उपचार गर्नलाई रकम अभाव भएपछि क्रमशः फिर्ता गर्ने गरी सक्दो सहयोग गर्न सबैमा अपिल गरेका हुन । उनि जनयुद्धमा सहभागी योद्धासमेत हुन । विश्वकर्माले आफू बाँचे आगामी दिनमा निःस्वार्थ रूपमा मानव सेवामा समर्पित भएर लाग्ने बताए ।





