व्यवसायमैत्री कानून नहुँदा समस्या
सुर्खेत । सुन चाँदी व्यवसाय सम्बन्धि कानून नहुँदा समस्या भोग्नु परेको सुन चाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्माले बताएका छन् ।

शनिवार वीरेन्द्रनगरमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष विश्कर्माले सुन चाँदी खरिद सम्बन्धी आवश्यक कानूनको अभावले बिल नभएको सुन खरिद विक्रि गर्दा कारवाहीमा पर्नु परेको बताए । यसतर्फ सरकारले समयमै ध्यान दिनुपर्ने बताए । यस्तै अध्यक्ष विश्वकर्माले सुन चाँदी व्यवसायीको हकहितका लागि सदा लागि परेको उल्लेख गर्दै कारोवार सहजताका लागि आफ्नै सहकारी स्थापना गर्न लागेको बताए ।





