वीरेन्द्रनगरमा आन्दोलनकारीले विद्युत लाइन काट्दा विद्युत अवरुद्ध
सुर्खेत,१ फाल्गुन ।
वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत अवरुद्ध भएको हो । हाल मर्मत कार्य भईरहेको नेपाल विद्युत प्राधिकरणको सुर्खेत शाखाका एक जना कर्मचारीले जानकारी दिए ।