भेरीगंगा नगरपालिका १ मा ८ दिने उद्यमशिलता तालिम सम्पन्न

दिलिप ढकाल

सुर्खेत,२९ माघ ।

पुर्बी सुर्खेतको भेरीगंगा नगरपालिकामा गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम सम्पन्न भएको छ। भेरिगंगा नगरपालिका वडा नम्बर १ टाकुरीमा सम्पन्न भएको उक्त कार्यक्रम यही माघ २२ गतेदेखि सुरु भएको थियो। औध्योगिक लगानी र पुर्वाधारः समृद्धिको बलियो आधार” भन्ने नाराका साथ उधयोग विकास तथा सहकारी शाखा भेरीगंगा नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न बहेको हो।

यही माघ २२ गतेदेखि वडा नम्बर १ मा सुरु भएको व्यवसाय सचेतना, व्यवसाय सुरु, लैगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम आईतवार सम्पन्न भएको हो । ८ दिन सम्म संचालन भएको गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम तालिममा कसरी उद्यमी बन्न सकिन्छ र किन उद्यमी बन्ने लगायतका विषयमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष दिनेश पुलामीले महिलाहरुले सिप सिकी सकेपछि आफ्नो क्षमता देखाउँदै आम्दानी गर्न आवश्यक रहेको बताए ।

अध्यक्ष पुलामीले महिला दिदिबहिनीहरुले ८ दिने तालिमबाट उपयुक्त कुराहरु सिकेको भन्दै अब समाजमा अग्रसर भएर अघि वढ्न आग्रह गरे । घरमा एक जना मात्र उद्यमी बन्नु भन्दा पनि घरका सबै परीवार उद्यमी बनि खुसी ल्याउन वातावरण तयार पार्न उनले सुझाव दिनुका साथै तालिममा सहभागि भई तालिम लिनु मात्र ठुलो कुरा नभएर यसको निरन्तरता र प्रतिवद्धता पनि आवश्यक रहेको उनको भनाई थियो।

उक्त तालिममा ३० जना सहभागि भएका थिए भने तालिमको प्रशिक्षक उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले गरेका थिए । कार्यक्रममा भेरीगंगा नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

भेरीगंगा नगरपालिका १ मा ८ दिने उद्यमशिलता तालिम सम्पन्न

बसको ठक्करबाट सुर्खेतमा एक वृद्धको मृत्यु

बसको ठक्करबाट सुर्खेतमा महिलाको मृत्यु भएपछि आफन्त

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!