मदरसा मदिना मावि सुर्खेतको अभिभावक भेला

सुर्खेत,२९ माघ  ।

मदरसा मदिना माध्यमिक विद्यालय वीरेन्द्रनगर वडा नम्बर १० वेलघारी सुर्खेतको अभिभावक भेला सम्पन्न भएको छ । भेलाले अहमद रजाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिती पनि चयन गरेको छ ।

जसको सदस्यहरुमा जमाल वक्स, मैमुदिन, सकिना विवि, सपिरन खातुन, सरिफुन विवि शिक्षकबाट खतिजा विवि, वडा सदस्य मनोहर लाल आचार्य र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक शुसिला शर्मा रहेकी छन् । भेलाले शिक्षक अभिभावक संघ पनि सर्वसम्मत निर्वाचित गरेको छ । जसको अध्यक्षमा अकवर खान, सदस्यहरुमा जमिर वक्स, सपिना विवि, सैयादुन विवि, तस्लीमा विवि, इशाक दिन रहेका छन् ।

कार्यक्रम कार्यबहाक अध्यक्ष हजरत वक्सको अध्यक्षता र वीरेन्द्रनगर वडा नम्बर १० का वडा अध्यक्ष डिल वहादुर रखाल प्रमुख अतिथिमा सम्पन्न भएको हो । कर्णालीको एक मात्र मावि स्तरको मदरशा भएकाले यसले छुट्टै पहिचान बोकेकाले र १० नम्बरको सान पनि भएकाले नमुना विद्यालय वनाउन जोड दिनुपर्ने प्रमुख अतिथि एवम् वीरेन्द्रनगर १० का  वडा अध्यक्ष रखालले बताए ।

कार्यक्रममा बोल्दै वडा सदस्य आचार्यले विद्यालयलाई पहिलो प्रथामिकतामा राखेको र अभिभावक पनि एकजुट भएर लाग्न आग्रह गरे । यस्तै नवनिर्वाचित अध्यक्ष रजाले आफु यस अघि १४ वर्ष अध्यक्ष भएर चलाएको र विचमा युवाहरुलाई अवसर दिँदा सोचे जस्तो उपलब्धी हासिल गर्न नसकेकाले पुनः आफु निर्वाचित भएको बताए ।

२१ लाख ऋण रहेको मदरशाको आफनोे पहिलो काम स्रोत व्यवस्थापकै भएको समेत बताए । उक्त कार्यक्रम विद्यालयका प्रधानाध्यापक शुसिला शर्माले सञ्चालन गरकी थिईन् । विद्यालयको नयाँ व्यवस्थापन समिती चयन भएपछि अभिभावकहरु पनि खुसी भएको बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *