कुमाखमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

बसन्त शर्मा

सल्यान,२९ माघ ।

कुमाख गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता नारायण माध्यमिक बिद्यालयमा सम्पन्न भएकाे छ ।  “स्वास्थका लागी खेल राष्ट्रका लागि खेलकुद“ भन्ने मुल नारा का साथ सुरु भएको कुमाख गाउँपालिका शिक्षा युवा तथा खेल शाखाको आयोजना र  नारायण माध्यमिक बिधालयको खेलमैदानमा माघ २५ गतेदेखि सुरु भैइ २८ गते सम्म भएको  हाे ।

विभिन्न एथलेटिक्स तर्फका खेलहरु सटपट,,लङ्गजम्प, हाइजम्प त्रीपलजम्प ज्याबलिङ्ग थ्रो भलिबल ,कबडडि खेलहरुमा ११ वटा बिधालय सहभागी भएका थिए । प्रत्येक बर्ष हुने अन्तर माबि स्तरीय रन्निङ शिल्ड प्रतियोगितामा ११स्वर्ण ५ रजत ५ कास्य सहित उत्कृष्ट खेल प्रर्दशन गरेर नारायण माध्यमिक बिधालय रुमालगाउँ प्रथम साथै लगातार ३ बर्ष रन्निङ शिल्ड जितेर शिल्ड नै पच्च गरि दिएको छ ।

त कडा प्रतिस्पर्धा साथ ५स्वर्ण ३ रजत ७ कास्य पदक सहित जनता माध्यमिक बिद्यालय रागेचौर द्वितीय खेलजगतमा आफ्नो कलालाई उच्च बनाउदै ४ स्वर्ण ५रजत २ कास्य सहित सरस्वती माध्यमिक बिधालय भितिवन तृतीय स्थान हासिल गरेको छ । ३ स्वर्ण ६ रजत ४ कास्य सहित भेरी माध्यमिक बिधालय टाटके सान्त्वना स्थान हासिल गरेको छ ।

त्यस्तै ३स्वर्ण २ रजत ४ कास्य बुद्ध जनकल्याण माध्यमिक बिधालय बडागाउले हात पारेको छ । त्यस्तै गरि ३ रजत २ कास्य अरनिको माध्यमिक बिद्यालय कालागाउ र २स्वर्ण १ रजत १ कास्य महेन्द्र माध्यमिक बिधालय जिमाली त्यस्तै १स्वर्ण १रजत १ कास्य भैरबी माध्यमिक बिधालय राम्ररी र १स्वर्ण ४ रजत १ कास्य जनकल्याण माध्यमिक बिद्यालय बडागाउकोट र २कास्य मात्र हातपार्न सफल भएका हुन्र ।

माध्यमिक बिधालय गुरुदासे १ कास्य मात्र हात पार्न सफल सरस्वती माध्यमिक बिद्यालय झारकाडा रहेको रास्ट्रपति रनिङ्ग शिल्ड संचालन तथा ब्यवस्थापन समिति सदस्य सचीव देबेन्द्र बहादुर रावतले बताए ।

कुमाखमा उत्पादन गरेका खेलाडीले भबिष्यमा गएर कुमाखको नाम उच्च राख्दै देश बिदेशमा कुमाखको भन्न गर्व लाग्ने बनाउने कुरामा आफू बिस्वस्त रहेको साथै खेलले हाम्रो स्वास्थ राम्रो बनाउदै चौतर्फी बिकास गर्ने त्यसैले खेल नियमित खेल्नु पर्ने आवश्यक रहेको  कुमाख गाउँपालिका अध्यक्ष मान बहादुर बुढाथोकीले बताए ।  उनले सम्पुर्ण बिधालयका बिजेता खेलाडी  लाई  बधाई दिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *