विद्यालयको स्तरोन्नतीका लागि धार्मिक महोत्सव

सुर्खेत, २९ माघ ।

सुर्खेतको चिङ्गाड गाउँपालिका ३ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय काँडाघुवानीको स्तरोन्नतीका लागि शैक्षिक ज्ञान विज्ञान धार्मिक महोत्सव आयोजना गरिएको छ ।

चिङ्गाड –३ ठाँटी बजारमा आयोजना गरिएको महोत्सवको शनिबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले उद्घाटन गरेका हुन्  । मन्त्री जिसीले शैक्षिक विकासका लागि समुदायको सहयोग र सहभागिता अपरिहार्य रहेको बताए  ।

चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले समाज रुपान्तरणका लागि नैतिक शिक्षा महत्वपूर्ण हुनेमा जोड दिए  । नेकपा एमालेका कर्णाली प्रदेश कमिटि सदस्य बखत बहादुर खत्री, नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि हरिप्रसाद शर्मा, माओवादी केन्द्रका रेशम जिसी लगायतले महोत्वस सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कक्षा ११ र १२ सञ्चालन गर्नका लागि सहयोग जुटाउनका लागि महोत्सव  आयोजना गरिएको प्रधानाध्यापक शेरबहादुर जिसीले बताए  ।  माघ २८ देखि फागुन ६ गतेसम्म   उक्त महोत्सवमा सञ्चालन हुनेछ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *