३० हजार जनामा डेंगी संक्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ३८ हजार ५९ जना पुगेको जनाएको छ ।

मन्त्रालय अन्तरगतको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, हालसम्म ७६ जिल्लाका ३८ हजार ५९ जना डेङगुबाट सङ्क्रमित भएको छ भने २० जनाले ज्यान गुमाएका छन्। महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले डेंगीको सङ्क्रमण कायमै रहेको र जतिवेला पनि महामारी फैलन सक्ने भएकाले सचेत रहन आग्रह गरे।

हालसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार ९०५ जना अर्थात ६२.८ प्रतिशत सङ्क्रमित भएका छन्। त्यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा १२८ जना अर्थात ०।३ प्रतिशतमा संक्रमण देखिएको छ।

यसैगरी, मधेश प्रदेशमा ५९० जना, बागमती प्रदेशमा चार हजार ८८३ जना, गण्डकी प्रदेशमा ६ हजार ८१८ जना, लुम्बिनी प्रदेशमा ६५५ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८० जनामा सङ्क्रमण देखिएको छ।

जिल्लागत हिसाबले सबैभन्दा धेरै सुनसरीमा १६ हजार ९६ जना सङ्क्रमित भएका छन्। तनहुँमा चार हजार ६५१ जना, झापामा तीन हजार ५८१ जना, धादिङमा तीन हजार १३० जना, मोरङमा दुई हजार २७४ जना, कास्कीमा एक हजार ४८१ जना र काठमाडौंमा ८०२ जना सङ्क्रमित भएका छन् भने अन्य जिल्लामा ६ हजार ४४ जना डेंगीबाट सङ्क्रमित भएका छन्।

पछिल्लो तीन महीनामा संक्रमित संख्या बढेको छ। अगस्टमा मात्र सङ्क्रमित सङ्ख्या १३ हजार ८४६ जना पुगेको थियो। सेप्टेम्बरमा ११ हजार ५८० जना र अक्टोबर ११  सम्म चार हजार ७९० जना सङ्क्रमित भएका छन्। गतवर्ष अक्टोबरमा १७ हजार ८८९ मा डेंगी सङ्क्रमण देखिएको थियो।

महाशाखाले लामखुट्टे पानी जम्मा भएको जुनसुकै भाँडोमा पनि हुर्कने, फूल पार्न सक्ने भएकाले घर र विद्यालयभित्र तथा वरपरका पानी जम्ने सबै ठाउँ र पानी राख्ने भाँडा खोजी सफा गर्न आग्रह गरेको छ।

३० हजार जनामा डेंगी संक्रमण

सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा