ओझेलमा पर्‍यो वीरेन्द्रनगरको नगर बस योजना

सुर्खेत । पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण सार्वजनिक यातायातको माग बढ्दो छ । यात्रुको संख्या बढ्दै गएको भएपनि नगरपालिकाले आफ्नै नगर बस सञ्चालनमा ल्याउन नसक्दा नागरिकहरु सार्वजनिक यातायातको रुपमा चर्को मूल्य तिरेर तीन पांग्रे अटो चढ्न बाध्य छन् ।

अटोरिक्साले असुरक्षित तवरले यात्रु बोक्ने मात्रै होइन मनलाग्दी भाडासमेत असुल्ने गरेको नागरिकको गुनासो छ । नगरपालिकाले भाडादर निर्धारण समेत गरेको छ, तर त्यसको प्रभावकारी अनुगमन भने हुँदैन । वीरेन्द्रनगर नगरपालिकाले यस अघि नगर क्षेत्रभित्र रुट निर्धाण गरी नगर बस सञ्चालनका लागि स्थानीय विकास मन्त्रालयमा माग समेत गरेको थियो ।

नगर बस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट व्यवस्थापन गर्ने योजनामा थियो । यसका लागि प्रारम्भिक चरणमा सार्वजनिक यातायात व्यवसायीसँग नगर बस सञ्चालन तथा व्यवस्थापनका लागि छलफलसमेत गरिएको थियो । उति बेला निजि क्षेत्रले यात्रु नहुने भन्दै नगर बस सञ्चालनमा ल्याउन नसक्ने बताएका थिए ।

तर, नगरपालिकाले अनुदान र आफ्नै लगानीमा सञ्चालनमा ल्याउने गरी छलफल अगाडि बढाएको भएपनि कोरोना महामारीका कारण योजना अलपत्र परेको वीरेन्द्रनगर नगरपालिकाका निर्वतमान नगर प्रमुख देवकुमार सुवेदी बताउँछन् । सो समय मुख्य राजमार्गमा दुई वटा र भित्री बाटोहरूमा दुईवटा बस चलाउने गरि नगरपालिका अगाडि बढेको उनको

भनाई छ । वीरेन्द्रनगरमा अटोरिक्साले गरेको मनपरी रोक्न नगरपालिकालाई चुनौती नै छ । नगर बस सञ्चालन भएमा नागरिकलाई राहत हुने भएपनि हालसम्म नगरपालिकाले कुनै चासो दिन सकेको छैन । अघिल्लो कार्यकालमा उक्त योजना अगाडि बढाउन छलफल भएको भएपनि हाल नगरपालिकाले यो विषयलाई ओझेलमा पारेको छ ।

नीति तथा कार्यक्रममा नगर बस सञ्चालनको विषय समावेश गरेको नगरपालिकाले आन्तरिक स्रोत नभएकाले कार्यान्वयन गर्न नसकेको यस अघिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रहेका नरहरी तिवारीले बताएका थिए । उनका अनुसार नगर बस सञ्चालन गर्न प्रारम्भमै कम्तीमा दुई करोड रुपैयाँ बजेट चाहिने अनुमान थियो । नगरपालिकाको स्रोतले त्यति बजेट पुग्दैन ।

नयाँ रुटमा निजी क्षेत्र एक्लैले मात्र गर्न नसक्ने भन्दै नगरपालिकाले साझेदारी गर्न तयार भए आफूहरु नगर बस सञ्चालन गर्न तयार रहेको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा बताउँछन् । अघिल्लो नेतृत्वले आफूहरुसँग छलफल अगाडि बढाएको तर बर्तमान नेतृत्वले हालसम्म पनि यस विषयमा कुनै प्रकारको समन्वय नगरेको उनले बताए ।

अटोको मनोमानी रोक्ने विषयमा उनीहरुको रोजगारी खोस्ने भन्दापनि उनीहरुको मनपरी रोक्नका लागि विद्युतिय गाडीहरु सञ्चालन गर्न सकिएको खण्डमा प्रभावकारी सेवा दिन सकिने उनको भनाई छ । ‘यहाँ मनपरी भाडा लिने र ट्राफिक नियम मिच्नेको बिगबिगी छ । अटोरिक्साका ८० प्रतिशत चालकसँग लाइसेन्स छैन,’ सापकोटा भन्छन्, ‘शहरीकरणसँगै बढेको यातायातको चाप व्यवस्थित गर्न र प्रदूषण कम गर्न नगरपालिकाले आफ्नो मातहतमा यातायात सञ्चालन गर्नुपर्छ ।’

नगरपालिकाले नगरभित्र सवारी व्यवस्थापनका लागि कम्तीमा १५ देखि २० वटा बसहरु सञ्चालनमा ल्याउनु पर्ने उल्लेख गर्दै सापकोटाले भने, ‘यात्रुहरू धेरै समय कुर्न सक्दैनन् । एकै समयमा दुईतर्फी बस चल्नुपर्छ । बढ्दो सवारी चाप कम गर्न र सस्तोमा सेवा दिन साना र ठूला गरी १५ देखि २० वटा बस चलाउनु पर्छ ।’

साझेदारीमा नगर बस चलाउन तयार छौं : अध्यक्ष सापकोटा

नगरपालिकाले २०७५ मा ‘अटो तथा ई-रिक्सा व्यवस्थापन कार्यविधि’ बनाएर नियमनको व्यवस्थासहित भाडादर निर्धारण गरेको थियो । अटोरिक्सा तथा ई-रिक्साले प्रतिव्यक्ति न्यूनतम २० रुपैयाँ लिन पाउने र पक्की सडकमा प्रतिकिलोमिटर पाँच रुपैयाँका दरले थप भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

यस्तै कच्ची सडकका हकमा प्रतिकिलोमिटर १० रुपैयाँका दरले थप रकम लिन पाउने उल्लेख गरिएको थियो ।
यहि भाडा दर वर्ष दिनअघि नगरपालिकाले समायोजन गरेको थियो । समायोजन भएको नयाँ भाडादरमा न्यूनतम भाडा २० रुपैयाँ कायमै राखिदा पक्की सडकमा प्रतिकिलोमिटर तीन रुपैयाँ वृद्धि गरी ८ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर दुइै रुपैयाँ बढाएर १२ रुपैयाँ कायम गरिएको थियो ।

रिजर्भमा जाँदा भने प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने गरी नयाँ भाडादर समायोजन भएको थियो । तर, नगरपालिकाले तोकेको यो भाडा दर अटो चालकले मान्दैनन् उल्टै मोलमोलाइमा भाडा लिने गरेका छन् । नगरपालिकाले पनि प्रभावकारी नियमन गर्न सकेको छैन । जसले नागरिकहरु मारमा परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने मानिसको संख्या प्रदेशका अन्य स्थानीय तहको तुलनामा निकै बढी छ । वीरेन्द्रनगरभित्र यात्रा गर्ने यात्रुहरूका लागि यहाँको सार्वजनिक सवारी साधन भनेकै अटोरिक्सा हो । अरू विकल्प नै नभएपछि अटो चालकले आफूखुसी भाडा असुल्न पाएका छन् ।

हाल नगरपालिकाभित्र झण्डै आठ सय ४६ अटो दर्ता भई सञ्चालनमा रहेको नगरपालिकाको तथ्यांक छ । तर, वीरेन्द्रनगरमा गुड्ने अटो संख्या भने दुई हजार बढी रहेको छ । बजार क्षेत्रमा झण्डै साढे नौ सय अटो गुड्ने क्षमता छ । क्षमताभन्दा दुई गुणा बढी अटो रिक्सा गुड्दा दुर्घटनाका साथै प्रदुषण फैलिएको छ, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

यस्तै, अटो सञ्चालनका लागि नगरपालिकामा अनिवार्य दर्ता हुनुपर्ने प्राव्धान रहेको भएपनि झण्डै एक हजार तीन सय बढी अटोरिक्सा दर्ता विनै निर्वाध गुडिरहेका छन् ।

मोलमोलाईमा भाडा, बेखवर नगरपालिका

नगरपालिकाले २०७५ मा ‘अटो तथा ई-रिक्सा व्यवस्थापन कार्यविधि’ बनाएर नियमनको व्यवस्थासहित भाडादर निर्धारण गरेको थियो । अटोरिक्सा तथा ई-रिक्साले प्रतिव्यक्ति न्यूनतम २० रुपैयाँ लिन पाउने र पक्की सडकमा प्रतिकिलोमिटर पाँच रुपैयाँका दरले थप भाडा लिन पाउने व्यवस्था गरेको थियो ।

यस्तै कच्ची सडकका हकमा प्रतिकिलोमिटर १० रुपैयाँका दरले थप रकम लिन पाउने उल्लेख गरिएको थियो । यहि भाडा दर वर्ष दिनअघि नगरपालिकाले समायोजन गरेको थियो । समायोजन भएको नयाँ भाडादरमा न्यूनतम भाडा २० रुपैयाँ कायमै राखिदा पक्की सडकमा प्रतिकिलोमिटर तीन रुपैयाँ वृद्धि गरी ८ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर दुइै रुपैयाँ बढाएर १२ रुपैयाँ कायम गरिएको थियो ।

रिजर्भमा जाँदा भने प्रतिकिलोमिटर ३० रुपैयाँ लिन पाउने गरी नयाँ भाडादर समायोजन भएको थियो । तर, नगरपालिकाले तोकेको यो भाडा दर अटो चालकले मान्दैनन् उल्टै मोलमोलाइमा भाडा लिने गरेका छन् । नगरपालिकाले पनि प्रभावकारी नियमन गर्न सकेको छैन । जसले नागरिकहरु मारमा परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्ने मानिसको संख्या प्रदेशका अन्य स्थानीय तहको तुलनामा निकै बढी छ । वीरेन्द्रनगरभित्र यात्रा गर्ने यात्रुहरूका लागि यहाँको सार्वजनिक सवारी साधन भनेकै अटोरिक्सा हो । अरू विकल्प नै नभएपछि अटो चालकले आफूखुसी भाडा असुल्न पाएका छन् ।

हाल नगरपालिकाभित्र झण्डै आठ सय ४६ अटो दर्ता भई सञ्चालनमा रहेको नगरपालिकाको तथ्यांक छ । तर, वीरेन्द्रनगरमा गुड्ने अटो संख्या भने दुई हजार बढी रहेको छ । बजार क्षेत्रमा झण्डै साढे नौ सय अटो गुड्ने क्षमता छ । क्षमताभन्दा दुई गुणा बढी अटो रिक्सा गुड्दा दुर्घटनाका साथै प्रदुषण फैलिएको छ, ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

यस्तै, अटो सञ्चालनका लागि नगरपालिकामा अनिवार्य दर्ता हुनुपर्ने प्राव्धान रहेको भएपनि झण्डै एक हजार तीन सय बढी अटोरिक्सा दर्ता विनै निर्वाध गुडिरहेका छन् ।

ओझेलमा पर्‍यो वीरेन्द्रनगरको नगर बस योजना

दैलेखमा आगलागीमा परी १२ जना घाइते

ओझेलमा पर्‍यो वीरेन्द्रनगरको नगर बस योजना

ड्रागनसँगै कुरिलो खेती

Leave a comment

Your email address will not be published. Required fields are marked *