दैलेखमा आगलागीमा परी १२ जना घाइते

सुर्खेत । दैलेखमा मजदुरी गर्न गएका १२ जना आगलागीमा परेका छन् । जिल्लाको आठविस नगरपालिका-६, को माल्याको जंगलमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटो खन्न गएका उनीहरु वनमा लागेको आगोमा परी घाईते भएका छन् ।
आठविस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालका अनुसार काम गरीरहेको अवस्थामा एक्कासी वनमा लागेको आगो फैलिएको र भाग्ने ठाउँ नभएपछि उनीहरुको शरिरमा आगो लागेको हो । घटनास्थलतर्फ प्रहरी, स्वास्थ्यकर्मी र स्थानीयसहितको टोली गएको प्रमुख बडुवालको भनाई छ । ‘काम गर्न गएका १२ जना आगलागीमा परेको बुझिएको छ ।
ति मध्ये तीन जनाको अवस्था गम्भिर छ भन्ने सुनेका छौं । हामीले घाइतेहरुको उद्दारका लागि टोलि परिचालन गरिसकेका छौं । प्रमुख बड्वालले भने । घटनाको विस्तृत विवरण आइ नसकेको उनको भनाई छ ।





