५५१ थान लालपूर्जा वितरण

पुनम वि.सी.

सुर्खेत,२८ माघ ।

राष्ट्रिय भूमि आयोगले सुर्खेतमा पाँच सय ५१ थान लालपूर्जा वितरण गरेको छ । एक वर्षको समयमा आयोगको सुर्खेत कार्यसमितिले सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकामा लालपूर्जा वितरण गरेको हो ।

आयोगले चौकुने गाउँपालिकामा एक सय २१ वटा पूर्जा, पञ्चपुरी नगरपालिकामा एक सय १८ वटा पूर्जा, बराहताल गाउँपालिकामा ७१ वटा, भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिका अन्र्तगत पर्ने साविकको कोटमाझखर्क क्षेत्रमा दुई सय ४१ थान पूर्जा वितरण भईसकेको राष्ट्रिय भूमि आयोग, सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले जानकारी दिए ।

आयोगले आफ्ना गतिविधिलाई सुर्खेतमा तीन चरणमा विभाजन गरेको छ । यसअघिका आयोगद्वारा प्रदान गरिएका सेतो पूर्जा पाएकालाई पहिलो प्राथमिकता, दोस्रो प्राथमिकतामा कित्ताकाट गर्नुपर्ने तीन पूर्जाहरु र अन्तिममा सुकुम्वासी र अव्यवस्थित वसोवासलगायतका क्षेत्रहरु रहेका छन् ।

कार्यविभाजनको पहिलो प्राथमिकता अनुरुप हाल भेरीगंगा र गुर्भाकोट नगरपालिकामा पर्ने साविकको कोटमाझखर्क क्षेत्रमा दुई सय ४१ वटा लालपूर्जा वितरण भएका छन् । यस क्षेत्रमा कुल ६ सय १७ वटा लालपूर्जाका लागि फाइल तयार भएको अध्यक्ष पौड्यालले जानकारी दिए । तयार भएकामध्ये बाँकी तीन सय ७६ वटा फाइलमा कित्ताकाट गर्नुपर्ने आवश्यकता छ । यसअघि नागरिकहरुले भोगचलन, अंशवण्डालगायतका विषयमा आयोगमा पेश गरेको दावी अनुसार ती जग्गाहरुको कित्ताकाट गर्नुपर्नेछ ।

आगामी महिना फागुनको पहिलो सातादेखि नै कोटमाझ खर्क क्षेत्रमा आयोगले कित्ताकाट गर्दै थप लालपूर्जा वितरणको तयारी समेत थालेको छ ।

अन्य पालिकामा समेत वितरण भएका लालपूर्जामा जग्गाको एकल स्वामित्व रहि पूर्ण कित्ता पाउने नागरिकलाई पहिलो प्राथमिकतामा राखेर पूर्जा वितरण गरिएको हो । यसैगरी जिल्लाको चौकुने गाउँपालिकाका ७, ८, ९ र १० नं. वडामा हाल नापजाँचको काम समेत चलिरहेको छ ।

लालपूर्जामा ‘राजनीति’

भूमि आयोगसँगको सहकार्यमा स्थानीय तहको मुख्य दायित्व भनेकै आफ्नो क्षेत्रमा वसोवास गर्ने नागरिकको लगत संकलन नै हुन्छ । भूमिहिन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरिरहेका सुकुम्वासीहरुको लगत संकलनको दायित्व पालिकाको हो । त्यसपछि विभिन्न ऐन कानुनमा रहि उक्त विवरणको शुद्विकरण गर्नेलगायतका क्रियाकलाप पालिकाले नै गर्छन् ।

‘वडा तहगतबाटै पालिकाको कार्यपालिकामा लगत विवरण आईपुग्छ । त्यसपछि पालिकाको कार्यपालिका बैठक हुँदै आयोगमा स्थायी पुर्जाका लागि सिफारिश हुने हो ।’ आयोगको सुर्खेत समितिका अध्यक्ष पौड्यालले भने, ‘तर सुर्खेतका धेरै पालिकाले हामीलाई अहिलेसम्म सिफारिश नै गरेका छैनन् ।’

पालिकाको सिफारिशको आधारमा मात्र आयोगले स्थायी लालपूर्जाको प्रक्रिया अघि बढाउँछ । जसकारण सुर्खेतमा पाँच स्थानीय तहमा मात्र भूमि आयोग हाल क्रियाशील देखिएको हो ।

वि.सं. २०२८ सालदेखि यस क्षेत्रका नागरिकहरुले जग्गा कमाई भोग चलन गर्दै आइरहेका छन् । मालपोत कार्यालय सुर्खेतले २०४० सालमा नाप नक्सा गरी राखेको कामलाई विभिन्न कालखण्डामा बनेका आयोग तथा समितिहरुले थाँति राखेका थिए ।

गत वर्ष २०७८ पुस २३ मा गठित राष्ट्रिय भूमि आयोग सुर्खेत समितिले २०७८ माघ १४ देखि वीरेन्द्रनगरमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको हकमा भने पालिकाले हालसम्म पनि लगत विवरण आयोगलाई बुझाएको छैन । यस अघि वि.सं. २०७८ माघमा आयोगको सुर्खेत कार्यालयले वीरेन्द्रनगर नगरपालिकालाई पाँच जना प्राविधिक कर्मचारी समेत सहयोगका लागि पठाएको थियो ।

तर हालसम्म पनि पालिकाले लगत विवरण आयोगलाई नपठाएपछि भने आयोगले आफ्ना ती कर्मचारीलाई फिर्ता बोलाउँदै अन्यन्त्र खटाएको छ । अध्यक्ष पौड्यालले भने, ‘हामीसँग पनि प्राविधिक कर्मचारीको अभाव छ । वीरेन्द्रनगर नगरपालिकाले समयमा नै काम नगरेपछि हामीले ती कर्मचारीलाई यहाँ झिकाएर अहिले बराहताल र चौकुने गाउँपालिकातिर नापजाँचका लागि पठाएका छौ ।’

अध्यक्ष पौड्यालका अनुसार वीरेन्द्रनगर नगरपालिकाले लगत विवरण कार्यमा ढिलाई गरेपनि नगरको ९ नं. वडाले भने लालपूर्जा वितरणमा क्रियाशीलता देखाएको छ । पालिकाले एकमुष्ट रुपमा लगत विवरण पढाउन ढिलाई गरेपछि ९ नं. वडाले भने वडास्तरबाट सक्रियता देखाउन थालेको हो । यसै हप्तादेखि वडाले नागरिकका निवेदनमा प्रमाण पूरा गर्न सक्रियता जनाएको छ ।

अध्यक्ष पौड्यालले भने, ‘आगामी फागुन ४ गतेसम्म प्रक्रिया पु¥याएर कागजपत्र पेश गर्छौ भन्नुभएको छ । उहाँहरुले चाँडो काम गरिदिए हामीले चाँडै लालपूर्जा वितरण गर्न सक्छौँ ।’ यसअघि आएका निवेदनमा प्रमाण अभाव भएका कागजपत्रहरुलाई प्रमाण पेश गर्ने प्रक्रियामा वडामा काम भईरहेको वीरेन्द्रनगर–९ का वडा अध्यक्ष ऋृषि गिरीले जानकारी दिए ।

लालपूर्जा वितरण प्रक्रियालाई महत्वमा रहेको ९ नं. वडाले वडागत रुपमै भएपनि आयोगसँग सहकार्य गर्दै लालपूर्जा वितरण गर्ने योजना छ । उनले भने, ‘कागजपत्र ढिला पेश गर्ने वडामा लालपूर्जा वितरण ढिला हुन्छ । अरु वडाको ढिलाईले हाम्रो वडालाई समस्या पर्दैन । हामीले चाँडोभन्दा चाडो काम गर्ने प्रयासमा छौ ।’

स्थानीय तहमा आयोगको उपस्थिती

स्थानीय तह : हालसम्म पूर्जा वितरण संख्या : थप गतिविधि

चौकुने गाउँपालिका  : १२१ वटा  : वडा नं. ७, ८, ९ र १० मा जग्गा नापजाँच प्रक्रिया चलिरहेको

पञ्चपुरी नगरपालिका :१२१ वटा : वडा नं. ७, ८, ९ र १० मा जग्गा नापजाँच प्रक्रिया चलिरहेको

बराहताल गाउँपालिका : ११८ वटा : ४ नं. वडामा जग्गा नापजाँच प्रक्रिया चलिरहेको

वीरेन्द्रनगर नगरपालिका : ७१ वटा : ४ र ५ नं. वडामा जग्गा नापजाँच प्रक्रिया चलिरहेको

भेरीगंगा नगरपालिका : o पालिकाले विवरण उपलब्ध गराएकै छैन

 गुर्भाकोट नगरपालिका : २४१ वटा (तत्कालिन कोटमाझखर्क क्षेत्र) : ३७६ वटा कित्ताको कित्ताकाट काम भईरहेको

लेकवेशी नगरपालिका : o भर्खरै प्राविधिक कर्मचारीमा काम भइरहेको

चिङ्गाड गाउँपालिका : o पालिकाले विवरण उपलब्ध गराएकै छैन :

सिम्ता गाउँपालिका : o पालिकाले विवरण उपलब्ध गराएकै छैन

५५१ थान लालपूर्जा वितरण

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

५५१ थान लालपूर्जा वितरण

YUGAAWHAN NATIONAL DAILY (2079-10-28)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!