ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

नुवाकाेट,२८ माघ ।

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन्। जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगंगा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो।

प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले बताए। उनका अनुसार उपचार गर्न काठमाडौं जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रिया मार्फत गुमेको ज्योति फर्काइएको हो।

‘४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरूको दृष्टि फर्काइएको छ’, केन्द्रका प्रमुख वाइबाले भने। ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगर लगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले बताइन्। उनका अनुसार एक सातासम्म उनीहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ।

रासस

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

‘नीति–कार्यक्रम किन कार्यान्वयन हुन सकेनन् ?’

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

५५१ थान लालपूर्जा वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!