पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ आजको मौसम

काठमाडौं,२८  माघ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको कारण प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। एक–दुई स्थानहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै भोलि आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहानको समयमा तराईका थोरै भू–भागहरूमा लागेको हुस्सु मध्यान्न सम्म क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पार्ने भएकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ आजको मौसम

सल्यानको बाग्चौरमा आगलागीले पसल नष्ट

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ आजको मौसम

टर्की भूकम्प :  २३ हजारभन्दा बढीको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *