सल्यानको बाग्चौरमा आगलागीले पसल नष्ट

सल्यान,२७ माघ ।

बाग्चौर नगरपालिका २ बाग्चौर बस्ती नजिकै शुक्रबार दिउँसो आगलागीका कारण एउटा पसल जलेर नष्ट भएको छ । दिउँसो २ बजेतिर लागेको आगोले स्थानीय सुरेश ओलीको सिरक डसना बनाउने पसल जलेर नष्ट भएको हो । नजिकै खरबारीमा लागेको आगो सल्किँदै गर्दा ओलीको पसलसम्म पुगेको थियो । आगोका कारण मानवीय क्षति भने भएको छैन ।

तर बस्तीका अन्य घरहरू जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । पसलमा भएका सिरक, कपडा, कपास, मेसिन लगायत सबै सामग्री जलेर नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोलीले मुचुल्का उठाइरहेको छ । क्षतिको विवरण आउन भने बाँकी छ ।

आगलागी भएको थाहा पाउने बित्तिकै इलाका प्रहरी थारमारेबाट गएको प्रहरी टोली र स्थानीय मिलेर खरबारी तथा पसलमा लागेको आगो निभाएका थिए । तर तीव्र रुपमा हावा चलेकाले आगो नियन्त्रणमा लिन केही कठिनाइ भएको प्रहरीको भनाइ छ । बाग्चौर बजार नजिकै रहेको खरबारीमा कसले आगो लगायो भन्ने बारेमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर 

सल्यानको बाग्चौरमा आगलागीले पसल नष्ट

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!