गोदाममै थन्किए चंखेलीका पाठ्यपुस्तक

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका विद्यार्थीले हालसम्म पनि किताव पाएका छैनन् । पालिका अन्र्तगत रहेका कुल २२ वटा विद्यालयमा अध्ययनरत करिव एक हजार नौं सय ८० जना विद्यार्थीको हातमा पाठ्यपुस्तक नै पुगेको छैन । गाउँपालिकामा किताव नपुगेको भने होइन, पालिकाभरका विद्यालयका लागि ज्ञानु बुक्स एण्ड स्टेशनरीले गत चैत्र २७ गते नै पाठ्यपुस्तक चंखेलीमा पुर्‍याएको थियो । २०८० को शैक्षिक सत्र सुरु भएको एक महिना वित्न लाग्दा समेत विद्यार्थीलाई हालसम्म पाठ्यपुस्तक वितरण नभएको हो । चंखेलीका लागि पुगेंका पाठ्यपुस्तकहरु अहिले गोदाममै थन्किएका छन् ।

जिल्लामा सात वटा पालिका छन् । चंखेली वाहेकका अन्य पालिकाका प्राय विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ । तर चंखेलीमा भने पालिकाले नै ठेकेदारसँग किताव खरिद नगर्न विद्यालयहरुलाई निर्देशन दिएपछि विद्यार्थीहरु पाठ्यपुस्तकबाट बञ्चित भएका हुन् । ज्ञानु बुक्स एण्ड स्टेशनरीका सञ्चालक मानदेव शाहीले भने, ‘हामीसँग किताव खरिद नगर्न पालिकाका अध्यक्षले विद्यालयलाई भनेपछि उनीहरुले किताव खरिद नगरेका हुन् ।’

विद्यालयलाई किताव खरिदका लागि खबर गर्दा पालिकाका अध्यक्ष प्यारीलाल शाही आफैले किताव ल्याउने र ठेकेदारले ल्याएको किताव नबुझ्न भनेको बारे आफुले जानकारी पाएको उनले बताए । यस विषयमा पालिकाका कर्मचारीलाई समेत बुझ्दा ‘अध्यक्षको निर्देशन छ, कसरी हामीले विद्यालयलाई पठाउने’ भनेर जवाफ दिएको उनले बताए । राज्यले नै पठाएको किताव आफुले र पालिकाका अध्यक्ष दुवैले ल्याउँदा किताव नै फरक नपर्ने उनको भनाई छ । कक्षा सञ्चालन हुँदा समेत विद्यार्थीले किताव नपाउँदा उनले पालिकालाई शिक्षा क्षेत्रमा गैरजिम्मेवार बनेको आरोप लगाए ।

पालिकाका अध्यक्षले विद्यालयले उनीबाट किताव खरिद गरेको अवस्थामा राहत, अनुदान लगायतका बजेट विनियोजन नगर्ने धम्की समेत दिएको उनको आरोप छ । त्यसैले विद्यालयले हालसम्म पनि ठेकेदारबाट किताव लिएका छैनन् । पालिकामा अहिले पनि पाठ्यपुस्तक विहिन अवस्थामा अध्यापन भईरहेको छ । चंखेली गाउँपालिकामा दुई-दुई वटा माध्यमिक तथा आधारभुत विद्यालय र १८ वटा प्राथमिक विद्यालय गरी कुल २० वटा सामुदायिक विद्यालय छन् ।

पालिकाले तोकेको मान्छेले ल्याएको किताव मात्र आधिकारिक हुने बताउँदै गाउँपालिकाको आफुमाथी दम्भ प्रर्दशन गरेको उनको आरोप छ । शाहीले २०६६ सालदेखि हुम्लाको चंखेली गाउँपालिका र सर्केगाड गाउँपालिकामा पाठ्यपुस्तक पुर्‍याउँदै आएका थिए । पालिकाका अध्यक्षले अख्तियार दुरुपयोग गर्दै जनक शिक्षा सामाग्री मार्फत पुनः किताव मगाएको समेत उनले जनाए । यस अवस्थाले पाठ्यपुस्तकमा ‘डुप्लिकेशन’ भएको र पाठ्यपुस्तकको सवालमा हस्तक्षेप गरेको उनको आरोप छ ।

जिल्लाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरकहरुमा ताँजाकोट र अदानचुली गाउँपालिकामा यसअघिका वर्षहरुमा लोकेन्द्र भण्डारीले पाड्यपुस्तक पुर्‍याउँदै आएका छन् । यसैगरी नाम्खा गाउँपालिका, सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा ज्ञानबहादुर रोकायले पाठ्यपुस्तक वितरण गर्ने गर्छन् । चंखेली गाउँपालिकाका लागि पाठ्यपुस्तक हुम्ला पुर्‍याएका मानदेव शाहीले भने यसअघि देखि नै चंखेली सहित सर्केगाड गाउँपालिकामा समेतपाठ्यपुस्तक वितरण गर्दै आएका थिए ।

ठेकेदारसँग समन्वय नै भएनः शिक्षा शाखा

ठेकेदारले पालिकासँग किताव खरिद गर्ने विषयमा समन्वय नै नगरेको चंखेली गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख पर्शुराम पाण्डे बताउछन् । उनले भने, ‘पालिका अध्यक्ष आफै किताव लिन पुग्नुभएको छ । ठेकेदारले भने उता किताव माग गरिसकेपछि आफुले पनि किताव ल्याएको बताएका थिए ।’

ठेकेदारले किताव ल्याउनुपूर्व वा पालिका नै जनक शिक्षा सामाग्रीमा पुग्नु पूर्व नै जानकारी दिएको भए यो अवस्थाको सृजना नहुँने उनको भनाई छ । उनले भने, ‘अवको दुई दिनमा किताव जनक शिक्षाबाट यता ढुवानी हुने खवर आएको छ । शुरुका समयमा समन्वय नै नगरी अन्तिममा ठेकेदारले किताव ल्याएको बताएपछि कसरी हुन्छ ?’

अध्यक्षले एकलौटी गरेः वडा अध्यक्ष

‘यो भन्दा पहिले उहीँ वितरकबाट पालिकामा पाठ्यपुस्तक पुग्थ्यो । अहिले भने कुरो नमिल्ने हुन्छ । मेरा वडामा भएका विद्यालयले पालिका अध्यक्षले किताव नलिनु भने नलिएको भनेका छन्’ चंखेली गाउँपालिका-४ का वडा अध्यक्ष पदम शाहीले भने, ‘भर्ना अभियान सकिएको भोलिपल्ट विद्यार्थीको हातमा किताव पुग्नुपथ्र्यो ।

अहिलेसम्म पनि किताव पुर्‍याउन सकिएको छैन ।’ पालिकाले आफै पाठ्यपुस्तक खरिद गर्ने भएको भए कार्यपालिकाबाट यसअघि नै निणर्य गराउँनुपथ्र्यो, तर यस विषयमा भने आफुहरु वेखवर रहेको उनले बताए । पालिकाका अध्यक्ष र ठेकेदार विचको सम्बन्धका कारण विद्यार्थीले पाठ्यपुस्तक नपाएको उनको आशय छ ।

गोदाममै थन्किए चंखेलीका पाठ्यपुस्तक

YUGAAWHAN NATIONAL DAILY (2080-01-26)

गोदाममै थन्किए चंखेलीका पाठ्यपुस्तक

पूर्वगृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *