प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

काठमाडौं,२६ पाैष ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्। पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।

एमालेसहितको समर्थनमा प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेपछि भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई मत दिने वा नदिने भन्ने विषयमा भने यकिन छैन्। प्रतिनिधिसभामा पहिलो दल बनेको कांग्रेसका ८९ सांसद छन्।

दोस्रो दल बनेको एमालेले तेस्रो दलका नेता दाहाललाई प्रधानमन्त्री बनाएको छ। दोस्रो बनेको एमालेसँग ७८ सांसद निर्वाचित भएर आएका छन्। त्यसमा स्वतन्त्र जितेर आएका किरण साह पनि थपिएका छन्। सरकारको नेतृत्व गरिरहेको माओवादीका ३२ सांसद छन्। पहिलो पटक नै निर्वाचनमा सहभागी भएर चौथो बनेको रास्वपाका २० सांसद छन्। राप्रपाका १४ सांसद छन्। जसपाका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, नेमकिपा र जनमोर्चाका १–१ सांसद छन्।

यसैबीच, प्रतिनिधिसभाको पहिलो बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा विश्वास व्यक्त गरे। भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिंगै ‘हाउस’ विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ।’ सोमबार नै सिंहदरबारमा सरकारको नीति तथा कार्यक्रम बुझ्दै प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा जसपाले आफूलाई विश्वासको मत दिने बताएका थिए।

अन्नपुर्ण 

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

कर्णालीमा सभामुख र उपसभामुखको निर्वाचन माघ १

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

केन्द्रमा सहमति, प्रदेशमा मुख्यमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *