वक्तृत्वकला प्रतियोगितामा विद्याज्योति निकेतन प्रथम

सुर्खेत ।
५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सुर्खेतको विद्याज्योति निकेतनद्वारा आयोजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम विद्याज्योति निकेतन सुर्खेत, द्वितीय एसओएस हर्मन माइनर सुर्खेत, तृतीय जन मावि सुर्खेत र सेडा स्कुल सुर्खेत र सान्त्वना सिद्धपाइला स्कुल सुर्खेत, हार्भेटमुन सुर्खेतका विद्यार्थी भएका छन् ।

विद्याज्योति निकेतनद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रमुख अतिथि नगर शिक्षा प्रमुख धिरेन्द्र प्रसाद शर्मा, विशेष अतिथि प्याब्सन सुर्खेतका अध्यक्ष दल बहादुर गुरुङ, निर्णायकहरु मध्यपश्चिम विश्वविद्यालयका अंग्रेजी विषयका उप–प्राध्यापक बिष्णु खडका, विमल नेपाल र चित्र केसि र विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

वक्तृत्वकला प्रतियोगितामा विद्याज्योति निकेतन प्रथम

वीरेन्द्रनगरमा रात्रिकालिन व्यवसाय सञ्चालन तयारी

वक्तृत्वकला प्रतियोगितामा विद्याज्योति निकेतन प्रथम

अझै दुई दिन मौसम बदली रहने