राहत पाउने अयोग्य लडाकु सबैले युद्ध लडेका हुन त ?

पृथ्वीबहादुर सिंह । मानव उत्पत्ति समाज विकासक्रममा मानवले मानवमाथी नै न्याय अन्याय गर्दै आएका छन् । समाज विकासक्रममा कविला राज्यमा पनि यही हालको दक्षिण एसिया सत्य द्वापरमा रामले रावणलाई पराजय गरेका थिए । कविला राज्य एकिकरणमा श्रीकृष्णले १६ सय गोपिनी, १६ सय आठ पटरानी रानी राखेका थिए ।

पाँच भाई पाण्डवले सय भाई कौरवलाई परास्त गरेको महाभारत ग्रन्थ आफै बोल्छ । आधुनिककाल आएपछि निरंकुश सामान्ती राज्य सत्ता अन्त्य गर्न बहुदलिय प्रजातन्त्र कृषि औद्योगिक क्रान्तिमार्फत निर्वाचित संसदबाट राज्यको दैनिक संचालन सरकार प्रमुख मन्त्री व्यवस्था सर्वश्रेष्ठ भनी सशस्त्र निसशस्त्र निरंकुश क्रान्ति गरी राजतन्त्रको अन्त्य गरियो ।
वेलायत, फ्रान्समा राजा र राजपरिवारलाई क्रान्तिकारीले न्यायालयको फैसला गरी चौरायामा जिलेटिनमा फाँसी दिईएको थियो । वहुदलिय प्रजातन्त्रमा कृषि र औद्योगिक क्रान्ति गरेर पूँजीपतिहरुले किसान मजदुरको श्रम अतिरिक्त शोषण गर्दा संसदमा पूँजीपति बिचमा राज्यशक्तिको श्रोत कसले कसरी उपयोग गरि अतिरिक्त सम्पती कमाउने ऐन, कानून तथा नियम बनाउने अधिकार लिने विषयमा वेलायतको संसदमै कुटाकुट चल्यो ।
अब एउटा व्यक्ति साझा उच्चतहमा बारम्बार निर्वाचित गर्नु पर्ने संसदले पारित गरेको तलब भत्ता खाने, संसदीय राजतन्त्र ल्याउने संसदले दुईतिहाई बहुमतबाट पास गरी फ्रान्समा छोरीको छोराको छोरा खोजेर ल्याई राजा बनाई राज्यभिषेक गर्दा वेलायतमा फूलले पुरीएको थियो । जो अहिले सम्म संसारमा राजा बनाउँदा त्यति फूलले पुरीएको इतिहास छैन् ।
संसदीय राजतन्त्र साझा राखेर वेलायतले औद्योगिक क्रान्ति गरि मानिसको सट्टा मेशिनबाट छिटो सामान उत्पादन गरी बिक्रि बजार संसार भर खोज्न आफ्नो उपनिवेश बनाउन पानीमा चल्ने पानी जहाज, जमिन चल्ने रेल, मोटर, आकाशमा उड्ने हवाईजहाज, आधुनिक राइफल, हतियार तयार गरी संसार धेरै साना ठुला देशहरुका कविला राज्य एकिकरण देखि अनेकौं देशमा आफ्नो उपनिवेश खडा गर्यो ।
अतिरिक्त सम्पती लुटेर विश्व सम्राज्यवादी पूँजिवादी मुलुक वेलायत बन्न गयो । त्यही प्रकारले जापान, जर्मनी, रुस उपनिवेश निर्माण गरी सम्राज्यवादी मुलुक कहलिए । त्यही समयमा जर्मनी कार्लमाक्स जन्मिए । पूँजिवादीहरुले मजदुर जमिन्दारले किसान माथी सामान्तले किसान मजदुरलाई धर्मले धार्मिक व्यक्ति माथी कसरी शोषण गर्छन भनि पूँजिका चारवटा पुस्तक सिर्जना गरी चारै पुस्तक प्रकाशन गरे ।
पूँजिवादी र साम्राज्यवादी व्यवस्था, सामान्ति पूँजिपति शासन सशस्त्र द्वन्द्वबाट ध्वस्त गरी किसान मजदुरको समानता ल्याउने कम्यूनिष्ट शासन व्यवस्था लागु गर्नु पर्छ भनि ‘कम्यूनिष्ट मेनी फेष्ट्रो’ पुस्तक लेख्न पुगे ।
फ्रान्समा कम्यूनिष्ट क्रान्तिकारीले माक्सवाद दर्शनका आधारमा सशस्त्र क्रान्ति गरे । क्रान्ति पछि सरकारमा गएपछि राज्यका सबै अंगमा आफ्नो अधिकार नजमाएर बस्दा ७२ दिन पछि प्रति क्रान्ति भएर पूँजिपति सामान्तहरुले सत्ता हातमा लिए ।
त्यसपछि फेरी माक्सले क्रान्तिपछि राज्यका सबै अंग बैंक आफ्नो हातमा लिएर कम्यूनिष्ट राज्य व्यवस्था ल्याएर राज्य गर भनि लेख्न पुगे । त्यहि रोडमा हिँडेर रुसका लेलिनले चीनमा माओत्सेतुङ कम्यूनिष्ट राज्य व्यवस्था ल्याए । ७० वर्षसम्म कम्यूनिष्ट शासन व्यवस्था चलाए ।
७० वर्ष पछि जनगणतन्त्र रुस ५५ वर्ष पछि चीन उदार खुल्ला पूँजिवादी व्यवस्था उन्मुख हुँदा इसापूर्व १९९० मा पुनः वहुदलिय प्रजातन्त्र नेपालमा स्थापना गरी एकदलिय व्यवस्थाको सपना बोकेको नेकपा. एमाले वहुदलिय जनवाद नारा लगाउन पुग्यो ।
खाटी जनगणतन्त्र ल्याउने हो भनि जनमोर्चा सशस्त्र युद्वको घोषण गरी संसदमा कुकूरको टाउको राखी खसीको मासु बेच्ने हो भन्दै बन्दुक उठाएर जंगल पस्यो । कोही जनमोर्चा संसदमा नै एकदलिय गणतन्त्र चाहिन्छ भन्दै उफ्रिरहे ।
१० वर्ष सशस्त्र युद्धमा हजारौं भुइमान्छे शहिद लाम लगाएर उही संसदीय प्रजातन्त्र त्यही भित्र छ गणतन्त्र भनि शान्ती सम्झोता आम्ने-साम्ने बन्दुक उठाएका संसदवादीसँंग सम्झौता गरी माओवादी नामको पार्टी जन्मियो । संविधान बनाउन नै १० वर्ष लाग्यो । क्यान्टोन्मेन्टेमा सशस्त्र युद्धमा लागेका नलागेकालाई पनि युद्धमा लगेको भनि नाम लिस्ट तयार गरी केहि नेपाली सेनामा समायोजन गरे केहि अयोग्य लडाकु भनि क्षतीपूर्ति राज्यबाट दिएर घर पठाए ।
नक्कली द्वन्द्वमा गएका युवाको नाममा लिष्ट तयार गरी जनयुद्धमा नगएकाले पनि क्षतीपूर्ती वापत ६ लाख बुझेर लिएका उदाहरण हामी माझ छन् । यदि त्यसमा युवा नाम लिष्ट चाहिन्छन् भने यो स्तम्भकारले देखाई दिन सक्छ । पुनः उनै प्रतिक्रियावादी भन्ने संसदवादीसँग घाँटी जोडेर चुनाव लड्ने कहिले संयूक्त सरकार बनाउने फुटाउने लाजमर्दो खेल खेल्दै पुनः १६ वर्ष पछि माओवादी अध्यक्ष प्रचण्डले अयोग्य लडाकुलाई दुई लाख दिने घोषण गरेका छन् ।
संसारमा शहिद हुने राज्यशक्ति परिवर्तन गर्नेले आर्थिक क्षतिपूर्ती लिएको देखिदैन् । क्षतिपूर्ती नै लिने हो भने त्यसले देशको लागि के योगदान गर्यो ? उता साम्राज्यवादी राज्य व्यवस्थाले बृद्धहरुलाई बृद्धभत्ता, बृद्धशाला व्यवस्थापन गर्दा पूँजिपतिहरुले अब समाजवादी क्रान्ति हुन्छ, किसान मजदुरहरुलाई बीमा निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्छ ।
सशस्त्र कम्यूनिष्ट क्रान्ति रोक्न मिश्रित आर्थिक राज्य प्रणाली लागु गरेर जनवादी क्रान्ति रोक्न सफल भए । मेरो देशमा गणतन्त्र ल्याउने समाजवादीहरु त सरकारमा पुगेर अहिले बृद्धभत्ता रोक्न मिडिया बरबराउन थालेका छन् । प्रजातन्त्रिक मुलुकहरुमा समेत नभएको सात सय ३५ स्थानिय तह, सात प्रदेशमा समेत निर्वाचित जनप्रतिनिधिलाई मासिक तलब भत्ता दिने व्यवस्था गरेका छन् । राज्यका हरेक तहमा जनकमिसन व्यवस्था गरेका छन् । जातिय संगठन कर्मचारी आस्था राजनैतिक संगठन गर्न लगाएर आस्थाको भारी बोकाई राज्यका हरेक तहमा सेटिङ्गमा राज्य व्यवस्था सञ्चालन गरेका छन् ।
काम नै नभएका जातिय वर्गिय संसद मनोनयन गरी जातिवादले देश द्वन्दमा बढाउन वामपन्थी पार्टी अग्रसर छन् । कम्यूनिष्ट भन्ने शब्द बजारमा मन र मत तान्न बाँकी राखेका छन् । यूरोपका मिश्रित आर्थिक प्रणाली व्यवस्था जस्तोसम्म लोकतान्त्रिक नेपालमा रहेन । पहिले भ्रमण चीन गएपनि औपचारिक प्रधानमन्त्री भएकाले भारत हो भनि घोषण गर्छन् ।
नेपालका पार्टीहरु भित्र जस्तै राजाआउँ देश बचाउँ भन्ने दुर्गा प्रसाईसमेतमा कही सिक्कीमका ल्यान्डिव् दोर्जे, नरबहादुर भण्डारी रुपहरुमा ‘र’ का एजेण्डा लुकेका त छैनन् ? देश समृद्ध बनाउन अमूल्य प्राकृतिक स्रोत साधन नदेखेर सिक्किम विलए गराए जस्तै त गराउने होईन भनि चेतनशिल नेपालीहरुमा चिन्ताको घेरा उम्रेको छ ।
त्यस्तै अयोग्य लडाकुले मेरो देशको लागि आर्थिक भुक्तानीको लागि लडेका हुन् भने राहत होईन जिउँदा शहिद लिलाधर गौतम जस्तो उभीए हुन्न ? बृद्धभत्ता नकटाए हुन्न ? हरेक काल फेरिरहन्छ संसदीय लोकतान्त्रिक गणतन्त्र शक्ति पृथ्किकरण, आर्थिक मिश्रित राज्य व्यवस्था पछिल्लो संसारमा लोकप्रिय भएर आएको छ ।
प्रदेशको नाम किन जातिय चाहियो । विकास हुन्छ भने संसारकै खुशीको मुलुकहरु यूरोपका कैयौं देश मध्ये नेदरल्यान्ड छ । हाम्रो जस्तै भूपरिवेष्टित मुलुक प्रकृतिले कम दिएको मानविय श्रमले बनाएको स्विजरल्याण्ड नाम राखौं ।
अयोग्य लडाकुलाई दिइने राहतले बृद्धहरुलाई कहिले आहात बनाउने त होईन ? नेपाल दक्षिण एसियामा वामपन्थी, दक्षिणपन्थी राज्य व्यवस्थाले मिश्रित अर्थतन्त्र डामाडोल भएको मुलुकमा आउने त होईन ? लालसलाम, चेतना भया ।







