भुकम्प प्रभावित क्षेत्र पुगे लगतै घाइतेहरुको अवस्था वुझ्न अस्पताल पुगे मन्त्री ज्वाला

भुकम्प प्रभावित क्षेत्र जाजरकोट,रुकुम पश्चिम र सल्यान पुगे लगत्तै मन्त्री ज्वाला घाइतेहरुको अवस्था वुझ्न विभिन्न अस्पतालहरुमा पुगेका छन् ।

बुधवार विहान भेरि अस्पताल नेपालगञ्ज पुगेका भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भूकम्पमा परेर गम्भीर घाइते भएकाहरुको उपचारमा कुनै कमी हुन नदिन डाक्टरलाई निर्देशन दिएका छन् ।

घाइतेहरुको अवस्था वुझ्दै हाल सम्म रिकभर हुन नसकेको विरामि तत्काल काठमाडौं रिफर गर्न समेत उनको निर्देशन थियोे ।

चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यानमा रहेका मन्त्री ज्वालाले बुधबार घाइते र चिकित्सहरुसँग भेट गरेका थिए । भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

विनाशकारी भूकम्पमा परी घाइते भएका मध्ये केहिको अबस्था अझै सुधार हुन सकेको छैन । सुधार हुन नसकेका विरामीलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन रहेको छ ।

‘केही विरामीको अबस्था अझै गम्भीर छ, उहाँहरुको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्काे ठाउँमा पठाउनु पर्छ’ मन्त्री ज्वालाले चिकित्सकहरुसँग कुरा गर्दै भने, ‘घाइतेहरुको उपचार गर्न सरकारले कुनै कसरत बाँकि राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस् ।’

जाजरकोट, रुकुम, सल्यान लगायत प्रभावित क्षेत्रमा करिव २ सयजना घाइते भएका छन् । घाइतेमध्ये धेरै भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । बुधवार विहान मन्त्री ज्वालाले सवै घाइते र उपचारमा संलग्न चिकित्सकहरुसँग भेट गरेका थिए ।

चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वालाले दुई जिल्लाका विपत् ब्यवस्थापनको बैठकमा सहभागी भएका थिए भने नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई राहत र उद्धारमा लाग्न निर्देशन समेत दिदैैँ आएका छन् ।
मन्त्री ज्वालाको गृहजिल्ला सल्यानमा दुई जनाको ज्यान गएको छ भने सयौं घरहरु भत्किएका छन् ।

प्रभावित क्षेत्रमा पुगेपछि मन्त्री ज्वालाले अवरुद्ध बनेका सडक र भासिएका पुलको पनि अबलोकन गरेका थिए । अबरुद्ध बनेका सवै सडकहरु तत्काल सुचारु गरिएको छ भने भासिएको पुल पनि निर्माण कार्य थालिएको छ ।

भुकम्प प्रभावित क्षेत्र पुगे लगतै घाइतेहरुको अवस्था वुझ्न अस्पताल पुगे मन्त्री ज्वाला

खेलको विकासले सामाजिक एकता र समृद्धिको आधारशिला

भुकम्प प्रभावित क्षेत्र पुगे लगतै घाइतेहरुको अवस्था वुझ्न अस्पताल पुगे मन्त्री ज्वाला

१० हजार टेन्ट, २९ हजार त्रिपाल अझै