वडाको प्रतिष्ठा जोगाउने १६ जना सम्मानित


जुम्लाको चन्दननाथ नगरपालिका –६ वडाले वडाको प्रतिष्ठा जोगाउने केही व्याक्तीहरुलाई सम्मान गरेको छ ।
विभिन्न विधामा काम गरिरहेका १६ जना प्रतिष्ठित व्याक्तीहरु सम्मानित भएका हुन् ।
नगरपालिका–६ वडाले एक ओैपचारिक कार्यक्रममार्फत दोसला, अविर लगाई प्रमाणपत्र दिएर सम्मान गरेको वडा अध्यक्ष रवि थापाले बताए ।
उनले भने, ‘वडा भित्रका केही उदाहरणीय काम गरेका तथा राज्यको विना लगानी बाट उत्कृष्ट महिला उद्यमी, उद्योगी, गायन क्षेत्र,डाक्टर , इन्जिनियर, उत्कृष्ट कृषकहरु र व्यावसायिक प्राविधिक व्यावसायि लगायतलाई सम्मान गरेका छौ ।’ यिनिहरुको हौसला बढाउने,र मानिसहरु सिको गर्दै सवल सक्षम बनोस, भन्ने उदेश्य रहेको वडा सचिव प्रेमानन्द न्यौपानले बताए ।
डाक्टर नवीन थापा,नवीन रावल,विजय सुनार,आसिक थापा,इन्जिनियर पुष्कर रावल,हिमाल थापा,अर्जुन थापा र उद्योगी लोकबहादुर थापा र उत्कृष्ट कृषि व्यावसायिक गोकर्ण बहादुर रावल,ढाका उद्यमी भगवती रावल, सुस्मिता भण्डारीहरु सम्मानित भएको उनले बताए ।
यस्तै होटल व्यावसायि तेजबहादुर रोकायालाई पनि सम्मान गरेको थियोे । उक्त कार्यक्रममा पुर्व वन राज्यमन्त्री भक्तबहादुर रोकाया, पुर्व माननीय सांसद देविलाल थापा, हालका कर्णाली प्रदेश (क) का माननीय सांसद देवेन्द्र शाहीको उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रममा पुर्व वन राज्यमन्त्री भक्तबहादुर रोकायाले सम्मानित हुने सबैलाई धन्यवाद दिए । अझै कार्यशैलीमा दक्षयता बढ्दै जानुपर्ने बताए । कर्णाली प्रदेश (क) का माननीय सांसद देवेन्द्र शाही र पुर्व माननीय सांसद देविलाल थापाले पनि शुभकामना राखेका थिए ।






