प्राविधिक शिक्षा सञ्चालन गर्न पाण्डपगुफा माविमा धार्मिक महायज्ञ


जुम्लाको कनकासुन्दरी गाउँपालिका– ८ स्थित पाण्डपगुफा माध्यमिक विद्यालयमा महायज्ञ सञ्चालन गरिने भएको छ ।
विद्यालयको स्तरउन्नतीका लागि महायज्ञ सञ्चालन गरिने भएको भएको हो । प्राविधिक शिक्षा सञ्चालन, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिने भएको हो ।
आइतवार पत्रकार सम्मेलन गर्दै सामुदायिक विद्यालयमा प्राविधिक धार संचालन गर्न र विद्यालय स्तरबृद्धि गर्न महायज्ञ सञ्चलन गरिने जानकारी दिइएको हो । कोटघरको पाण्डवगुफा मावि वि.संं २००९ सालमा स्थापना भएको जिल्लाकै पुरानो विद्यालय हो । यहाँ हाल चार सय ८९ जना विद्यार्थी अध्ययनरत छन् ।
प्राविधिक शिक्षा प्रतिको बढ्दो मोह, स्रोत अभावका कारण प्राविधिक धारको शिक्षा सञ्चालन तर्फ आर्थिक स्रोत जुटाउन महायज्ञको सञ्चालन गरिने पाण्डप गुफा माविका प्रधानाध्यापक दिपेन्द्र रोकायाले बताए ।
विद्यालयमा ६ कोठे दुई वटा पक्की र चार वटा कच्ची भवन छन् । अहिले ती संरचना जीर्ण अवस्था रहेको विद्यालयले जनाएको छ ।
आउदो असोज २८ देखि कार्तिक ५ गते सम्म महायज्ञ सञ्चालन गरिनेछ । महायज्ञ सञ्चालनले नेपाली भाषा र सभ्यताको उद्गम स्थल सिञ्जाको पर्यटन प्रर्वद्वनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको स्थानीय हरि बोगटीले बताए ।
महायज्ञमा भक्तीयोग फाउण्डेशन नेपालका धार्मिक गुरुहरु सहभागी हुनेछन् । महायज्ञ व्यवस्थापन खर्च न्युनतम ७० लाख देखि एक करोडसम्म बजेट लाग्ने अनुमान गरिएको छ ।
पुर्व संविधान सभा सदस्य डिल्ली प्रसाद काफ्लेले जुम्लाकै पुरानो पाण्डपगुफा माविमा प्राविधिक धार संचालन गर्न तथा जीर्ण संरचना बनाउन महायज्ञ गर्न लागिएको बताए ।
महायज्ञ सञ्चालनको व्यवस्थापनका लागि यूवाहरुको साथ छ । यो सिञ्जामा पहिलो पटक महायज्ञ हुनेछ ।त्यहाँको धार्मिक पर्यटन प्रर्बद्धनमा टेवा पुग्नेछ ।






