श्री एयरले पायो सुर्खेत-काठमाडौं उडान अनुमती

सुर्खेत । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले सुर्खेत– काठमाडौं उडानका लागि अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को सहमतिपछि श्रीएयरलाइन्सले उडानका लागि अनुमति पाएको हो ।


यसअघि बुद्ध एअरलान्सले एकलौटीरुपमा दुई पटकसम्म सुर्खेत–काठमाण्डौं उडान गर्दै आएको थियो । यहि वैशाख १९ गते सुर्खेत उद्योग वाणिज्य संघले श्री एयरलाइन्सलाई कर्णालीमा उडान भर्नका लागि अनुरोध गरेको थियो । बुद्धले एकलौटीरुपमा उडान भर्न थालेपछि यात्रुहरुले चर्को भाडा तिदै आएका थिए ।

केही अन्य प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकोले जेठभित्रै सुर्खेत–काठमाण्डौं उडान भर्नेगरी तयारी थालिएको श्री एयरलाइन्सले जनाएको छ ।
दुईवटा हवाई कम्पनीले प्रतिस्पर्धा गरेपछि कर्णालीबासीलाई हवाई सेवामा सहज हुने उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

‘यही वैशाख १९ गते हामीले सुर्खेतमा उडान भर्नका लागि श्री एयरलान्सलाई अनुरोध गरेका थियौं । अनुमति पनि पाइसकेको छ । अब जेठभित्र उडान भर्नेगरी तयारी थालेको कुरा हामीले जानकारी पाएका छौं,’अध्यक्ष कँडेलले भने, ‘प्रतिस्पर्धात्मक उडान भएपछि कर्णालीवासीलाई केही मात्रामा राहत हुनेछ ।’

केही वर्ष अघिबाट व्यावसायिक उडान सुरु गरेको श्री एअरले सीआरजे २०० र सीआरजे ७०० जेट इञ्जिनका साथै क्यू ४०० सिरिजका प्रोपेलर जहाजबाट हवाई सेवा दिँदै आएको छ ।

श्री एयरले पायो सुर्खेत-काठमाडौं उडान अनुमती

YUGAAWHAN NATIONAL DAILY (2080-01-25)

Leave a comment

Your email address will not be published. Required fields are marked *