कावासोतीमा बस पल्टिँदा १९ घाइते

पूर्वी नवलपरासी,२४ पाैष ।

महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर कावासोती र लोकाहाबीचको खर्कट्टा जंगलमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको जिल्ला प्रहरीले जनायो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *