मौरी धमाधम मर्दै, रोगको पहिचान हुन सकेन्


जुम्लामा अज्ञात रोगले मौरीहरु धमाधम मर्न थालेका छन् । केही वर्ष देखि मरौरीमा लागेको अज्ञात रोगले वर्षपिच्छे मौरी नष्ट हुदै गएका हुन् । मौरीपालक किसानहरु मौरीमा लागेको अज्ञात रोगका कारण चिन्तित बनेका छन् ।

वर्षेनी चार देखि पाँच करोड रुपैयाँसम्मको मह बेच्ने जुम्लाका किसान मौरीलाई खान पुग्ने मह समेत उत्पादन नभएकाले चिन्तित छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका–२ खोलिकोट गाउँका रामकृष्ण बुढ्थापा व्यावसायिक मौरीपालक किसान हुन।विगत २०५४ साल बाट मौरीपालन सुरु गरेका हुन् । उनि २३ वर्षको उमेरदेखि यो व्यावसायमा लागिपरेका छन् ।

अहिले उनी ७७ वर्षका भए । बुढ्थापा चन्दननाथ नगरपालिका–३ आफ्नो रडिखल्ला जंगलमा मौरीपालन गरेर बसेका छन् । एक सय ३७ वटा घार थिए । आधा बिक्री गरे । १३ वटा घार राखेको मध्ये अज्ञात रोग सबै सखाप भएको उनी बताउँछन् ।

अहिले एक घार मात्रै छ । उसको पनि भर छैन् । उनले दुई वर्ष पहिले साढे दुई क्वन्टल मह बाट पाँच लाखको मह बचेका थिए । तर,यो वर्ष आठ केजी मात्रै भयो, घरमै खान पनि पुगेन, रामकृष्णले गुनासो पोखे ।

यो जिल्ला भरिएको समस्या छ,घारबाट मौरी प्यारालाईसेस जस्तै भएर बाहिर झर्छन, चल्ला उत्पादन गर्दैन् ।
मौरीको स्वास्थ्यमा समस्या देखिएपछि वाहिरवाट ल्याउनुपर्ने पुष्परस ल्याउन सक्दैन्, घार भित्र मौरी पस्न नपाउदै मर्छ । उनका अनुसारघार भित्र मह सुक्दै गएको छ, मौरीको संख्या निकै कम र स्वास्थ्यका हिसावले कमजोर देखिन्छ । देखिनै मौरीमा यस्तो संक्रमण देखिए पनि हालसम्म रोगको पहिचान हुन सकेको छैन ।

उनले भने, ‘२०७५ सालमा मौरी विकास केन्द्र गोदावारीमा गुनासो राखे ।’ मौरी विकास केन्द्र गोदावारीका प्रमुख तिर्थकुमार श्रेष्ठ र कृषि विभागका सहदेव प्रसाद हुमागाईको टोलीले जुम्लामा मौरी किसानहरुको अवलोकन गरेको थियो ।

चरन क्षेत्र निकै कम भएको, मौरीमा गोला व्यवस्थापन, सरसफाई, र चरन क्षेत्र व्यवस्थापनामा ध्यान र तत्कालका लागि कृतिम खाना व्यवस्थापन गर्न सुझाव आयो । तर, वास्तविक समस्या हल भएन् । यता कनकासुन्दी गाउँपालिका–४ लेपोरका धनजित बुढा पनि व्यावसायिक मौरी किसान हुन् ।

उनी हाल चन्दननाथ नगरपालिका–२ खोलिकोटमा बसोबास गर्दै आएका छन् । उनको पनि ६४ वटा घार थिए, अहिले पाँच वटा घार मात्रै बाकी छन् । बुढाले पनि दुईवर्ष अघि चार लाखको मह बेचेको सुनाए । उनको पुर्खाैली पेसा हो । तर अहिले चार केजी पनि उत्पादन भएन् । उनी कर्णाली मौरी सहकारी सस्थाँका उपाध्यक्ष पनि हुन् ।

सधैँ कार्तिक १ देखि मौरीको घारबाट मह निकाल्दै आएका उनले यो पटक मह त के मौरी पनि रोगका कारण फस्टाउन नसकेको देखे । उनले भने, ‘जुम्लाको मौरीमा रोग देखिएको छ, त्यो रोगले मौरीलाई पनि राम्रोसँग बस्न दिएको छैन, मह उत्पादन भईरहेको छैन, यो पटक मौरीलाई नै जाडो समयसम्म चहिने महसमेत उत्पादन भएको छैन ।’ मौरीमा देखापरेको अज्ञात रोग पत्ता लगाउन नसकेको बताउँछन । मौरीको रोग परिक्षण गर्ने ल्याव पनि छैन, विशेषज्ञ पनि छैन । उनले भने, ‘अहिले मौरी लोप हुने अवस्थामा पुगिसकेको छ ।’

यस्तै अवस्था हिउँदमा पनि निरन्तर भए शत प्रतिशत मौरी मर्न सक्ने खतरा छ । उनले दाबी गरे । मह निकाल्ने सिजन कार्तिक १ देखि हो । जुम्लामा एपि सेराना सेराना जातको मौरीपालन गरिन्छ । जुम्लावाट मौरीपालन लोप हुने देखिएको स्थानीय मौरीपालक किसान बताउँछन ।

भिटामिन वि कम्प्लेक्स, एन्टीवायोटिक, चिनि चास्नी, घारको सफाई लगायतको प्राकृतिक उपचार पनि किसानले अवलम्वन गरिसकेको धनजित बुढा बताउँछन् ।

तर भरपर्दो नतिजा कुनै उपचार विधीवाट पनि आउन सकेन । यता जुम्लाको तातोपानी गाउँपालिका –२ की ७२ वर्षिया अमृता रावलको अवस्था पनि उस्तै छ । उनि २५ वर्ष पहिले पाँच वटा घारमा मौरी पाल्न सुरु गरेको सुनाइन् । ५४ वटा घार मौरी पालिरहेकी उनले अहिले आठ घार मात्रै छ । सबै मरिरसकेका छन् । उनले भनिन्, ‘मेरो मात्रै हो कि भनेर अन्यत्र सोधे जिल्लाभरि यो अज्ञात रोगले मौरी मरेको रहेछ ।’

 

तस्बिर गोल्डेन बुढा

बाकी घारको मह पनि मौरी बाचोस भन्ने उदेश्यले नझिकेको रावतल बताउँछिन् । अहिले मरेको भए । चिसोले हो कि भन्ने थियो । साउन र भदौ महिनामा सबै मरेपछि घार रित्तै छन् । जिल्ला कृषि विकासक कार्यालय जुम्लाको तथ्यांक अनुसार जुम्लामा झण्डै पाँच हजार बढी मौरी घार छन । एक नगरपालिका सहित सात वटै गाउँपालिकामा मौरीपालन गरिदै आएको छ ।

यहाँ वार्षिक रुपमा मौरीपालनवाट जुम्लाका किसानले चारदेखि पाँच करोड सम्मको आम्दानी गर्छन । अहिले जुम्ला बजारमा तीन हजार पाँच सय रुपैयाँ पर्छ ।

मौरी धमाधम मर्दै, रोगको पहिचान हुन सकेन्

शिव सुन्दर स–मिलमा आगलागि हुँदा करोडौँ

मौरी धमाधम मर्दै, रोगको पहिचान हुन सकेन्

कर्णालीमा हालसम्म बने एक हजार भन्दा बढी