बनगाड र वालुवासँग्राही खोलाको तटबन्ध नहुँदा वर्षेेनि स्थानीय मारमा

दुर्गा विसि
वर्षेनि वर्षाका कारण बनगाड जिउलाका सयौं रोपनि खेतीयोग्य जमिन कटानमा पर्ने गर्छन् । त्यसैगरी वालुवासँग्रही खोला आसपास क्षेत्रमा पनि तेहि समस्या छ । अन्नका भण्डार यी दुबै खोला धान, गहुँ लगायतको खाद्यान्न वालिले यहाँका नागरिक आत्मनिर्भर रहेको प्रष्ट देखिन्छ ।

बनगाड जिउलाका खेतीयोग्य जमिनमा तटबन्ध नहुदाँ वर्षेनि ठुलो क्षेती हुने गरेको छ । गत वर्षको बाढीले जमिन कटान र पटान गरेपछि त्यस बखत अनुगमनको ताँती लागेको थियोे । बनगाड खोला र वालुवासंग्रही खोलालाई डीपीआर गरी गुरुयोजना अनुरुप तटबन्ध गर्ने घोषणा समेत एका देशको कथा बनेको छ ।पिडित किसानलाई अनुगमनकै क्रममा भोट माग्ने अस्त्र वनाउने गरिएको छ ।

तत्कालिन जनप्रतिनिधिले गर्चेवजारदेखि भेरी नदी मसान घाटसम्म उक्त खोलाको तटबन्धको लागि पहल थाल्ने समेत जनाएका थिए । तटबन्धको लागि गुरु योजना बनाई काम अघि वढ्ने आश्वासन केवल आश्वासनमै सिमित रहयो ।

२ वर्ष अघि खोलाले घरवारविहीन भएका प्रशु बुढाले प्रदेश सरकारले वाढीपिडितको लागि पठाएको वजेट समेत नपाएको गुनासो अझै गरिरहन्छन् । गत बर्ष नै धेरै जग्गा कटान र पटान गरेको थियोे भने धेरै किसानलाई पाखा लगायो ।

धानको लागि उत्पादन हुने यी दुई खोलामा तटबन्धको लागि सिमित आउने वजेटमा समेत राजनीति हुन्छ । स्थानिय पिउपर विकका अनुसार आवश्यकताका आधारमा भन्दा पार्टी, कार्याकर्ता पावर इत्यादि हेरर खोलामा तटबन्ध हाल्ने काम हुन्छ ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. १ निवासी निमवहादुर विकले केहि कर्जा कारि गत वर्ष मात्रै खेत किनेका थिए, खेत किनेकै वर्ष उनको दुख खोलाले बगायो । २०७९ साल बैशाखमा किनको खेतीयोग्य जमिन सोहि वर्ष असोजमा बनगाड खोलामा आएको बाढीले बगर बनायो । अहिले उनीको खाने गास छुटेको छ ।

आँखाबाट पिलपिल आँसु झार्दै उनले दुखेसो पोखे अब के खाने होला,फेरि वाउरतिउर र वेसाहाको विकल्प नरहेको दुखोस पोखे । तटबन्धको लागि क्षतिपुर्तिको लागि सबै कहाँ पुगे उल्टै भएको पैसा सकिएको उनको दुखेसो छ ।

क्षतिको एकिन हुदैन यी दुवै खोलामा । सयौं रोपनि जमिन कटान र पटान हुनेगर्छ तर तटबन्धको वजेट भने शुन्य मात्रामा देखिन्छ । बनगाड खोला तटबन्ध कार्य अहिलेसम्म नहुनुले किसानको खाने गाँसको जमिन वर्षेनि भेलले बगाउँछ । यसपालि भने वर्षा नहँुदा ठुलो क्षति गरेको छैन ।

भिरपाखा खन्न डोजर लगाउने स्थानीय सरकारले पनि तटबन्धको विषयमा खासै चासो नदिएको देखिन्छ । भिरपाखा धेरै खन्नले परिणामस्वरूप बनगाड खोला आसपासका खेतीयोग्य जमिन वर्षेनि वगरमा परिणत हुदैछन् । यसतर्फ सम्बन्धि निकायको ध्यान जान नसकेको सर्वत्र आलोचना रहेको छ ।धेरै किसानका खेतहरु सेताम्मे बगर वनेका छन् ।

स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारहरुले तदारुकता नदेखाएको पिडित किसानहरुको दुखेसो रहेको छ । वर्षेनि तटबन्धको लागि बनगाड क्षेत्रका किसानहरुले फाइल बोकि, स्थानीय सरकार प्रदेश सरकार धाइरहेका हुन्छन् तर तटबन्ध कार्य भने यी दुबै खोलामा न्यून रहेको देखिन्छ ।

बर्षमा एउटा गाडि नगुडेने ठाउँमा करोडौं वजेट पर्छ । किसानको खाने गासको जोह एक मात्रै उपाय यी खेतीयोग्य जमिन संरक्षणका लागि तटबन्ध क्षेत्रमा वर्षेेनि शून्य वजेट देखिनुले स्थानीयहरु निकै रोष प्रकट गर्दछ्न ।

बनगाड र वालुवासँग्राही खोलाको तटबन्ध नहुँदा वर्षेेनि स्थानीय मारमा

जुम्लाकाे फुटबल प्रतियाेगितामा भैरव मावि र त्रिभुवन

बनगाड र वालुवासँग्राही खोलाको तटबन्ध नहुँदा वर्षेेनि स्थानीय मारमा

तुइन चुँडिदा कर्णाली नदीमा मुगुका एक जना