सल्यान दुर्घटना अपडेटः २१ घाइते, मृतकको सनाखत भयो

सल्यानमा शनिवार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु हुने दुई महिलाको परिचय खुलेको छ । दुर्घटनामा सल्यानको त्रिवेणी गाउँपालिका–६ निवासी ४४ वर्षिय अनिता बोहरा र दाङ तुल्सीपुर–६ निवासी ३२ वर्षिय सुनिता सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

राप्ती लोकमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका–३ मुलपानी नजिक तुल्सीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर तर्फ आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको दिउँसो ३ बजेतीर दुर्घटनामा परेको थियो ।

अगाडीको गाडीलाई ओभरटेक गर्नेक्रममा सडक छेउमा टायर चिप्लिएर बस पल्टिएको यात्रुहरुले बताएका छन् । बस सडकबाट खस्न बित्तिकै एउटा रुखमा ठोक्किएको र त्यसपछि भिरालो जमिनमा पल्टिदै तल पुगेको यात्रुहरुको भनाइ छ ।

सल्यान दुर्घटना अपडेटः २१ घाइते, मृतकको सनाखत भयो

कोरियाले २०२४ मा नेपालबाट साढे १३ हजार

सल्यान दुर्घटना अपडेटः २१ घाइते, मृतकको सनाखत भयो

सल्यान दुर्घटना अपडेटः दुई जनाको अवस्था गम्भिर