मैले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्छु– गृहमन्त्री लामिछाने

काठमाडौं,२३ पाैष ।

गृहमन्त्री रवि लामिछानेले आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने बताएका छन्। आफू नागरिकको सेवा र सहजताका लागि काम गर्न गृहमन्त्रीको जिम्मेवारीमा आएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा उनले यस्तो लेखेका हुन्।

उनले लेखेका छन्, ’नागरिकलाई सुरक्षित महुशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्नेछु।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक (सई) को नेतृत्व सुरक्षाकर्मी राखेको पनि उनले बताएका छन्। त्यस्तै उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा–पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर आजैबाट अगाडि एउटा मात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको उनले फेसबुकमा लेखेका छन्।

’भैपरी आउँदाको परिस्थितिलाई अपवाद मानिदिनु होला,’ उनले लेखेका छन्, ’सडक नियमको पूर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागू गराउने निकायको नेतृत्व गर्ने म सधैं ट्राफिक बत्तीमा लाइन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिबद्ध छु। कुनै अकाट्य परिस्थिति आई पर्दाबाहेक म आफ्नो कार्यकालभरि नै यी नियम पालना गर्छु।’

साइरन बजाएर नागरिकलाई उछिन्दै हिँड्ने प्रवृतिको आफू सधैं आलोचक भएको भन्दै गृहमन्त्री लामिछानेले आकस्मिक अवस्थामा बाहेक आफूबाट यस्तो गतिविधि नहुने बताएका छन्। त्यस्तै व्यक्तिगत कामका लागि कतै जानुपरे वा बिदाका दिनमा आफ्नै सवारी प्रयोग गर्ने र कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नुपरे त्यसको हिसाब राज्यलाई बुझाउने पनि उनले लेखेका छन्।

सेताेपाटी 

मैले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्छु– गृहमन्त्री लामिछाने

देउवा र नेपालबीच भेट

मैले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्छु– गृहमन्त्री लामिछाने

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सत्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!