देउवा र नेपालबीच भेट

काठमाडौं,२३ पाैष ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ। देउवा र नेपालबीच अहिलेको समसामयिक विषयमा छलफल भएको थियो। भेटमा नेपालले अहिलेको गठबन्धन भत्काउनेबारे सोच्न नहुने सुझाव दिएको स्रोतले बतायो। नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बारे धेरै नाकरात्मक हुन नहुने समेत बताएका थिए।
आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे निर्णय नगरे पनि सकारात्मक रहेको नेपालले देउवालाई बताएका थिए। प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिँदैछन्।नेकपा एकीकृत समाजवादीभित्र वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्छ भन्ने सांसदहरूको मत बलियो छ।
सेताेपाटी






