पृथ्वीद्धारा ४३ जना विद्यार्थीलाई पोषाक


सल्यान बनगाड कुपिण्डे नगरपालिका–१०, खानिगाउँमा रहेको शिव प्राविमा अध्यायनरत विद्यार्थीहरुलाइ कोरियामा वस्ने पृथ्वी मगरको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । उनको आर्थिक सहयोगमा ४३ जना विद्यार्थिलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ ।
रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बसेका पृथ्वी मगरले आफनो स्वर्गीय बुवा हरिलाल बुढा मगरको सम्झनामा विद्यार्थीलाइ जाडोको लागि आबश्यक न्यानो कपडा वितरण गरेको शिव प्रा.विका शिक्षक जीवन रानाले जानकारी दिए ।
न्यानो कपडा जाडो समयमा विद्यालयमा लगाउने पोशाक ट्रयाक शुट, ट्राउजर र टीशर्ट उपलब्ध गराएकोमा विद्यालयले पृथ्वीका स्वर्गीय बूवा प्रति श्रद्धाशुमन व्यक्त गरेको छ ।
उक्त क्षेत्रमा आर्थिक अभावले कापि, कलमको जोह गर्न नसक्ने निकै समस्या परेका वालवालिकालाइ पृथ्वीले न्यानो कपडा किन्नका लागि रकम दक्षिण कोरिया देखि पठाइदिएको र विद्यालय खरिद गरि एक कार्यक्रमका विच विद्यार्थीलाई पोषाक हस्तान्तरण गरेको छ ।






