आधिकारीक निणर्य पर्खदै एमयूका विद्यार्थी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू)मा आन्दोलनरत विद्यार्थीसँग वार्ता समितिले सम्बन्धनका विषयमा निणर्य गरेको छ । बुधबार साँझ भएको वार्तामा सम्बन्धन सम्वन्धी प्रक्रिया रद्द गर्ने निणर्य गरिएको छ । बुधबार साँझ भएको निणर्य वमोजिम मध्यपश्चिम विश्वविद्यालयले हालसम्म पनि आफ्नो आधिकारिक निणर्य भने सार्वजनिक गरिसकेको छैन ।

वार्ता समितिसँग भएको निणर्यमा सम्बन्धन रद्द गरी सरोकारवालाहरुको राय लिई प्राप्त रायका आधारमा मात्र आवश्यक निणर्य गर्ने सहमति भएको जनाइएको छ । बुधबार भएको वार्तामा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडल, प्रा.डा. दीपबहादुर रावल, प्रा.डा. विमलकुमार लाल कणर्, प्रा.डा. लिलाधर तिवारी, प्रा.डा. सुदीप ठकुरी, प्रा.डा. चन्द्रप्रसाद रिजाल, सहप्रध्यापक वीरबहादुर पौडेल र उपप्रध्यापक जसवीर रोका थिए ।

विद्यार्थी संगठनकातर्फबाट नेपाल विद्यार्थी संघका राजन केसी, अनेरास्ववियुका निकुञ्ज पाण्डे, अखिल क्रान्तिकारी (विप्लव)का कमल शाही, अनेरास्ववियूका उमेश तिवारी र अखिलक्रान्तीकारीका जगत शाही लगायत सहभागी थिए । वार्ता टोलीसँग सहमति गरेपनि बिहिवार साँझसम्म विद्यार्थीहरुले आन्दोलनको कार्यक्रम स्थगित गरेका भने छैनन् । अनेरास्ववियुका निकुञ्ज पाण्डेले भने, ‘यसअघि वार्ता टोलीले हामीसँग वार्ता गर्ने उता उपकुलपतिले वार्ता टोली नै विघठन गरेर झुक्काएका थिए । अव पनि त्यसै हुने हो कि भनेर आधिकारिक पत्र नआएसम्म हामीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छैनौँ ।’

आधिकारीक निणर्य पर्खदै एमयूका विद्यार्थी

खाली भएनन् पार्टी कार्यालयका ‘सटर’

आधिकारीक निणर्य पर्खदै एमयूका विद्यार्थी

अपाङ्गमैत्री पूर्वाधारमा ध्यान देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *