वाम एकता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौं,२१ पाैष ।

वाम एकताका लागि नेकपा एकीकृत समाजवादीले कार्यदल गठन गरेको छ। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल र अगुवाई गर्न महासचिव बेदुराम भुसालको नेतृत्वमा कार्यदल गठन गरेको हो।

प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महासचिव भुसाल नेतृत्वमा रहेको कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल पनि छन्। ‘वाम एकताका लागि पहल र अगुवाई गर्न एक कार्यदल बनाइएको छ,’ उनले भने, ‘सबै वामपन्थी व्यक्ति र संस्थासँग छलफल गर्छौं।’ एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको अहिलेको सरकारलाई समर्थन गर्ने कि नगर्नेमा भने निर्णय गर्न सकेको छैन।

वाम एकता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

राप्रपाले माग्यो उपप्रधानसहित ४ मन्त्रालय

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!