यमलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित कर्णालीका एमाले नेता बालकोटमा

काठमाडौँ ,२१ पाैष ।

कर्णाली प्रदेशको मुख्यमन्त्री यमलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै कर्णालीका एमाले नेताहरू बालकोट पुगेका छन् । बिहीबार कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका हुन् । सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेले लिनुपर्ने र कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने माग उनीहरूको छ ।

अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व नछोड्न दबाब दिन कर्णाली प्रदेशसभाका एमाले सांसद र नेताहरू काठमाडौं आएको हुन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुस २७ गते सोमबार अपराह्न ५ बजेसम्मको समय दिएका छन् ।

कर्णाली प्रदेशसभामा कुनै पनि दलले बहुमत नपाएका कारण संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरिएको छ । कर्णालीको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनका एमाले र माओवादी केन्द्रले दाबी गरिरहेका छन् ।

यमलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित कर्णालीका एमाले नेता बालकोटमा

केन्द्रको निर्णय कुर्दै प्रदेशका नेता

यमलाल कँडेललाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्तावसहित कर्णालीका एमाले नेता बालकोटमा

वाम एकता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!