नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा हरि बिष्ट चयन

सुर्खेत ।

नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा हरि बिष्ट चयन भएका छन् ।

सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा विष्ट सर्वसम्मत चयन भएका हुन ।

सोमबार वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट उपाध्यक्षमा हेमन्त कुमार मल्ल, राम प्रसाद पाण्डे, गोविन्द बहादुर घर्ती मगर, चित्र बहादुर राना, सचिवमा रमेश कुमार थापा, सहसचिवमा सीता भण्डारी र नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी (नेपाल) र सदस्यहरुमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रेयाङ्का शाही र अजय गुरुङ चयन भएका छन् ।

यस्तै मनोनीत सदस्यमा भुवन ज्ञावली, प्रकाश पन्त, कृति गुभाजु शाक्य, केसर रोकाय चयन भएका छन् ।

नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा हरि बिष्ट चयन

गुल्मीमा चट्याङ लागेर ९ जना विद्यार्थी घाइते

नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा हरि बिष्ट चयन

किक बक्सिङ्ग संघ सुर्खेत अध्यक्षमा बिनोद गिरी