आजकाे माैसम : कहाँ–कस्ताे ?

काठमाडाैं । नेपालमा हाल पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू तथा बाँकी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

आजकाे माैसम : कहाँ–कस्ताे ?

YUGAAWHAN NATIONAL DAILY (2080-01-20)

आजकाे माैसम : कहाँ–कस्ताे ?

एमयूले नपढाएरै सम्बन्धनको हतारो

Leave a comment

Your email address will not be published. Required fields are marked *