एकल महिलालाई कुखुराका चल्ला तथा दाना वितरण

दिलिप ढकाल
सुर्खेत,२१ माघ ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि एकल महिला लाई कुखुराका चल्ला तथा दान वितरण गरिएको छ। एकल महिला आय आर्जन कार्यक्रम अन्तरगत करिव १३५ जना एकल महिलाहरुलाई कुखुराका चल्ला तथा दान वितरण गरिएको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष मधु गुरुङले जानकारी दिए ।
वडा कार्यालयले आर्थिक बर्ष २०७९र८० को बार्षिक बिनियोजित बजेट बाट वडा नम्बर १३ भित्रका एकल महिलाहरुलाई कुखुराका चल्ला तथा दान वितरण गरिएको हो।

गुर्भाकोट नगरपालिकाको १३ नम्बर वडा कार्यालयको आर्थिक सहयोग तथा शिवालय महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेड गुर्भाकोट नगरपालिका १३ गुमी को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम १३ नम्बर वडा कार्यालयमा भएको थियो।






