नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको निर्देशन

काठमाडौं,२० पाैष ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आज सम्पन्न पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंसा गर्ने, सामाजिक सञ्जालमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासनविपरीत काम नगर्न सिंगो पार्टी पङ्तिलाई सचेत गराए।

उनले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित हुनै नसक्ने उल्लेख गरे। अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रूपमा चलोस् भन्ने चाहेको बताए। उनले भने, ’बैठकमा सबैले खुलेर आफ्नो विचार व्यक्त गर्नुभएको छ।

आफूलाई लागेका कुरा बाहिर प्रचार गर्ने काम बन्द गर्नुपर्छ।’ पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने र विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको उनको भनाइ थियो ।

नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको निर्देशन

कर्णालीमा गठबन्धनभित्रै टकराव

नेतृत्वको आलोचना बन्द गर्न माधव नेपालको निर्देशन

युग फ्याक्ट चेक :  के हो भाइरल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!