२०८३ आश्विन १७ गते
×

Now Playing

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

सुर्खेत, २० माघ ।

कोरोनाका कारण रोकिएको प्याराग्लाइडिङ सुर्खेतमा पुनः सुरु भएको छ। बेलकम प्याराग्लाइडिङ प्रालिले शुक्रबारदेखि प्याराग्लाइडिङको व्यवसायिक सुरुवात गरेको हो। कीर्तिमानी पाइलट सानुबाबु सुनुवारको नेतृत्वमा तीन जना प्याराग्लाइडरले दैनिक उडान गरिरहेका छन्।

सुनुवारका अनुसार पोखरापछिको आकर्षक गन्तव्य प्याराग्लाइडिङका लागि सुर्खेत हो। पोखरा र सुर्खेतको उपत्यका उस्तै छ। सुर्खेतको वीरेन्द्रनगर–१४ को गढीबाट सुरु हुने प्याराग्लाइडिङ यात्रा वीरेन्द्रनगर–१ को देउतीथानमा आएर टुंगिन्छ।

कीर्तिमानी पाइलट सुनुवारले सुर्खेतमा व्यवसायीक प्याराग्लाइडिङका लागि बेलकम प्याराग्लाडिङको स्वामित्व लिएका छन्। ‘कोरोनाका कारण धेरै समय व्यवसाय बन्द रहन पुग्यो,’ सुनुवारले भने, ‘अव नियमित व्यवसायिक उडानहरु हुन्छन्।’ उनले प्याराग्लाइडिङका लागि सुर्खेत उत्कृष्ट गन्तव्य भएको बताए।‘संभावना देखेरै यहाँ लगानी गरेर उडान सुरु गरिएको हो,’ उनले भने, ‘भूगोलका हिसावले पनि प्याराग्लाइडिङका लागि सुर्खेत उत्कृष्ट गन्तव्य हो।’

सुनुवारले शुक्रबारदेखि सुरु भएको कर्णाली महोत्सव अवधिभरका लागि तीन हजार पाँच सय रुपैयाँ र अरु बेला चार हजार पाँच सय रुपैयाँमा उडान गरिने जानकारी दिए। उनले तत्कालका लागि तीन वटा प्याराग्लाइडिङमार्फत व्यवसायिक उडान सुरु गरिएको बताए। ‘मागका आधारमा थप गर्दै जाने सोच बनाएका छौं,’ उनले भने, ‘अहिलेलाई तीन वटा प्याराग्लाइडिङमार्फत उडान भइरहेको छ।’

सुनुवारले गढीबाट सुरु हुने प्याराग्लाइडिङ यात्रा १५ देखि ४० मिनेटसम्म यात्रुहरुलाई आकासमा उडाएर वीरेन्द्रनगरको देउतीथानमा झारिने बताए। ‘यात्रुको मागका आधारमा उडेकै ठाउँमा पनि झार्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘सुरुमा यात्रुलाई सोध्छौं, सोही अनुसार उडान भछौं।’

सुनुवारले दुई वर्षपछि हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि पनि सुर्खेतमा नियमित उडान आवश्यक रहेको बताए। ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि प्याराग्लाइडिङतर्फ यहीँ दक्ष प्रतियोगीहरु उत्पादन गर्नका लागि पनि नियमित उडान आवश्यक छ,’ उनले भने, ‘यसले गर्दा पूर्वाधार निर्माण हुनुका साथै जनशक्ति उत्पादनमा पनि सघाउँछ।’

नागरिक दैनिक 

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

समाजवादीका नेता भुसाल दुर्घटनामा घाइते

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

अखिल नेपाल शिक्षक संगठन आठबिसकोट नगरको सम्मेलन

Leave a comment

Your email address will not be published. Required fields are marked *