२०८३ आश्विन १७ गते
×

Now Playing

कर्णाली नदीमा स्काभेटरसँगै खसेका चालकको उद्धार

हुम्ला, २० माघ ।

 हुम्ला खण्डमा पर्ने कर्णाली करिडोरको सडक किनारको डाइभर्सन निर्माणको क्रममा कर्णाली नदीमा स्काभेटरसहित खसेका चालकको जीवितै उद्धार गरिएको छ । नदीमा स्काभेटरसँगै खस्नुुभएका मुुगुु जिल्ला छायाँनाथ रारा नगरपालिका–४ स्थायी ठेगाना भएका चालक धर्म बढुवाललाई स्थानीय उद्धारकर्ताले जीवित उद्धार गर्न सफल भएका हुन् ।

प्रहरी निरीक्षक गीताप्रसाद चौधरीले सर्केगार्ड गाउँपालिका– ५ को गिउसीमा कर्णाली करिडोरको सडक निर्माण गर्ने क्रममा नदीमा स्काभेटर सहित खसेका चालक बढुवालाई स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको बताए  ।

सडक किनारको डाइभर्सन निर्माण गर्ने क्रममा बा २ झ ७७८० नम्बरको स्काभेटर नदीमा खसेको थियो । घटना भएको जानकारी पाउने बित्तिकै बिहीबार बेलुुका स्थानीय र प्रहरी घटनास्थल पुुगेर स्थानीय युवाले पौडी लेखेर चालकलाई उद्धार गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

स्काभेटर भने नदीमा डुुबेको छ । निर्माण कम्पनी सपना धुलिखेल जेभीका स्थानीय प्रतिनिधि तेजबहादुुर महतले नदीमा खसेका चालकलाई सकुुशल उद्धार गर्न सफल भए पनि स्काभेटर तान्न भने कठिन भएको बताए  ।

उनले नदीमा दश मिटरमाथि काम गर्ने क्रममा स्काभेटर फुत्किएर कर्णाली नदीमा सकेको बताए । स्काभेटर खसेको नदीको भाग निक्कै गहिरो छ । उक्त स्काभेटर सडक निर्माण कम्पनीले उज्जल निर्माण सेवाबाट भाडामा लगेर निर्माण कार्यमा खटिएको थियो ।

उनले नदीमा खसेको स्काभेटरलाई कर्णाली करिडोरकै दुल्ली कुनादेखि लालीबगरसम्म निर्माण कार्य गरी रहेको नेपाली सेनाको विकास निर्माण दलको स्काभेटरलाई सहयोग मागिएको र त्यसका लागि सेना सकारात्मक रहेको बताए  । सेनाको स्काभेटर घटनास्थलमा पुुगेपछि नदीमा खसेको उक्त स्काभेटर नदी बाहिर निकालिनेछ । स्काभेटर नदीमा खसे पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ ।

गाेरखापत्र 

कर्णाली नदीमा स्काभेटरसँगै खसेका चालकको उद्धार

YUGAAWHAN NATIONAL DAILY (2079-10-20)

कर्णाली नदीमा स्काभेटरसँगै खसेका चालकको उद्धार

समाजवादीका नेता भुसाल दुर्घटनामा घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *