२०८३ आश्विन १७ गते
×

Now Playing

हुम्लामा देखियो कुुष्ठरोग

हुम्ला,२० माघ ।

 हिमाली जिल्ला हुम्लामा दुई जना कुष्ठरोगका बिरामी देखिएका छन्। स्वास्थ्य सेवा कार्यालयले जिल्लाका सात वटा स्थानीय तह र ४४ वटै वडामा दुई जनालाई मात्रै कुष्ठरोगको लक्षण देखिएको जानकारी गरिएको हो। कार्यालयका अनुसार कुष्ठरोग देखा पर्नेमा सिमकोट गाउँपालिका–२ को ठेहे र वडा नम्वर ८ को खोल्सी गाउँका एक एक जनामा कुष्ठरोग देखा परेको छ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जिल्लामा कुष्ठ रोग निर्मुल पार्नका लागि स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र स्थानीय नागरिकको पनि अहं भूमिका रहने बताए। जिल्लाभर दुई जना कुष्ठरोगबाट ग्रसित भएका बिरामीलाई यतिखेर जिल्लाबाहिर पोखरा र काठमाडौँमा उपचार भइरहेको छ।

स्थानीय तहका रुपमा रहेका सात वटै गाउँपालिकाले यतिखेर कुष्ठरोगसम्बन्धी कुनै पनि जनचेतनाको काम गरेको नदेखिएको पाइएको छ।
गाउँ–गाउँमा सिंहदरबार पुगेको अनुभूति मात्रै नारामा सीमित रहेको र यसले गर्दा स्थानीय नागरिक झन थप मारमा पर्नुपरेको छ।

विशेष गरी कुष्ठरोग गरिबी, सरसफाइमा कमी र मानिसको चेतनाको कमीले गर्दा देखा पर्ने एक खालको सरुवा रोग भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले जानकारी दिँदै यसलाई निर्मुल पार्न सावधानी अपाउनुुपर्ने बताए। कुष्ठरोग न्यूनीकरणका लागि अवदेखि गाउँपालिका, जिल्ला अस्पताल र स्वास्थ्य संस्था लागि पर्नु पर्ने र स्वास्थ्य शाखाले पनि तयारी गर्नुपर्ने देखिएको छ । त्यसैगरी जिल्लामा कुष्ठ रोगका बिरामीको संख्या शून्यमा झार्न सबैको हातेमालो आवश्यक देखिन्छ ।

हुम्लामा देखियो कुुष्ठरोग

मृतक परिवारलाई बैंकको राहत

हुम्लामा देखियो कुुष्ठरोग

मालपोत र नापी कार्यालय उद्घाटन भएदेखि बन्दको

Leave a comment

Your email address will not be published. Required fields are marked *