२०८३ आश्विन १७ गते
×

Now Playing

मृतक परिवारलाई बैंकको राहत

सिमकोट,२० माघ ।

नेपाल बैंक लिमिटेडको जुम्लाले असोज १९ गतेबाट परेको अविरल वर्षापछि आएको बाढी–पहिरोमा परी ज्यान गुमाउनेका आफन्तलाई राहत सहयोग गरेको छ । बैंकले बहन गर्ने संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गतको बजेटबाट बाढी–पहिरोमा परी ज्यान गुमाउनलेका आफन्तलाई राहत दिएको हो।

असोज १९ देखि २४ गतेसम्म परेको वर्षापछिको बाढी–पहिरोमा परी जुम्लामा ११ जनाले ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरिएको छ। पहिरोमा आफन्त गुमाएका परिवारलाई नेपाल बैंक लिमिटेडको जुम्ला शाखाले सो सहयोग उपलब्ध गराएको हो। ११ जना मृतकलाई प्रतिमृतक १० हजारका दरले राहत दिइएको बैंकका जुम्ला शाखा प्रबन्धक रवि भण्डारीले जानकारी दिए।

उनले केन्द्रीय कार्यालयले मृतकको सूची संकलन गर्न र राहतका लागि तयारी गर्न निर्देशन दिएको र संंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेटबाट आएको राहत पीडितका परिवारलाई दिएको बताए। बाढीपहिरोमा परी कनकासुन्दरी गाउँपालिकामा एकै परिवारका पाँच जनासहित ७ जनाले ज्यान गुमाएका थिए। त्यस्तै, हिमा गाउँपालिकामा दुई र गुठीचौर गाउँपालिकामा डोल्पाका एक जनाले ज्यान गुमाएका थिए।

पाँच जना सदस्य गुमाएर भावविह्वल भएको आफूलाई खोज्दै बैंकले ५० हजार राहत दिँदा सान्त्वना मिलेको राजबहादुर शाहीले बताए। आपतमा परेको बेला सोच्दै नसाचेको समयमा बैंकले राहत दिँदा आफ्ना निम्ति पछि कोही छ भन्ने भान परेको श्रीमान् गुमाएकी सम्झना शाहीले बताइन्। नेपाल बैंकले सो कार्यबाट थोरै भए पनि पीडित परिवारलाई राहत मिलेको जनाएको छ।

मृतक परिवारलाई बैंकको राहत

हराएका २०९ बालबालिका फेला परेनन्

मृतक परिवारलाई बैंकको राहत

हुम्लामा देखियो कुुष्ठरोग

Leave a comment

Your email address will not be published. Required fields are marked *