गुर्भाकोटका विभिन्न वडामा बौलाहा कुकुरको बिगबिगी : घरपालुवा कुकुरलाई तत्काल खोप लगाउन नगर प्रमुखको आग्रह

दिलिप ढकाल
सुर्खेत,१९ पाैष ।
पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा बौलाहा कुकुरले आतंक मच्चाएको छ। गत आईतवार बेलुकी करिब ६ः३० बजे गुर्भाकोट नगरपालिका वडा नम्बर १२ सुभघाटमा दिनेश घर्ती र नाम नखुलेकी एकजना महिलालाई बौलाह कुकुरले टोकेको थियो।
उक्त घटना पश्चात सोहि कुकुर गाउ वरपर डुलीरहेको र सचेत रहन आग्रह गर्दै गुर्भाकोटका धेरै जनाले सामाजिक संजाल फेसबुक मार्फत आग्रह गरेका थिए। सोहि कुकुरले सुभघाट हुदै गुर्भाकोट नगरपालिकाको वडा नम्बर ११ र १२ मा पशु चौपाया र मानिसलाई टोकेको गुर्भाकोट नगरपालिका नगर प्रमुख हस्त पुनले जानकारी दिए ।

गुर्भाकोट नगरपालिकाको वडा नम्बर १३ र १४ मा यस अघि नै घर पालुवा कुकुरलाई रेविज बिरुद्दको खोप लगाइएको तथा अन्य वडामा तत्कालै खोप लगाउने तयारि भएको समेत उनले जानकारी दिए त्यस पछि नगरका सबै वडामा रेबिज बिरुद्दको खोप लगाउने तथा सचेतनामुलक सुचना प्रसारण एवं माईकिङ्ग गर्ने समेत उनकाे भनाई छ।
आफुले पालेका कुकुर लाई तत्काल नगर स्वास्थ्य शाखामा सम्पर्क गरि वा वडामा खोप लगाउदा रेविज बिरुद्दको खोप लगाउन र सचेत रहन पनि उनले आग्रह गरेका छन् ।






