शुक्रवार देखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने

 

शुक्रवारदेखि सरकारी कार्यालय एक घण्टा छिटो बन्द हुने भएका छन् । अब तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्र खुला रहने भएका हुन् ।

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको हो । जसअनुसार आजदेखि १५ माघसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन् ।  यो अवधिमा शुक्रबारको दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन् ।

वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ ।

शुक्रवार देखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने

माओवादीकी नेत्री गोमा गौतम संगठन बिस्तारमा मुगु

शुक्रवार देखि सरकारी कार्यालय अपरान्ह ४ बजे नै बन्द हुने

बाँके जिल्ला प्रशासनले ‘नागरिक रिपोर्ट कार्ड’ को