विश्व सिमसार दिवसमा सगरमाथा क्षेत्रको सरसफाइ

सोलुखुम्बु ,१९ माघ ।

विश्व सिमसार दिवसको अवसरमा सगरमाथा क्षेत्रको सिमसार क्षेत्रको सरसफाइ गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले बिहीबार नाम्चे क्षेत्रको नदी तथा सिमसार क्षेत्रको प्लाष्टिकजन्य फोहोर संकलन गरिएको हो।

निकुञ्जका कर्मचारी,सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी),नेपाली सेना,नेपाल प्रहरी,स्थानीयलगायतको सहभागीतामा फुर्ते तथा नाम्चे क्षेत्रका खोला तथा नदी क्षेत्रको सरसफाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रबाट अन्दाजी २५ किलो प्लाष्टिकजन्य फोहोर संकलन गरि नष्ट गरिएको छ । साथै निकुञ्जले सिमसारको महत्व र संरक्षणको उपायबारे सचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो ।

अन्नपुर्ण 

विश्व सिमसार दिवसमा सगरमाथा क्षेत्रको सरसफाइ

रास्वपा केन्द्रीय समितिको बैठक सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *