गुर्भाकोटमा बौलाहा कुकुरले टोक्दा दुई जना घाईते

दिलिप ढकाल

सुर्खेत,१८ पाैष ।

गुर्भाकोटमा बौलाहा कुकुरले टोक्दा दुई जना घाईते भएका छन्। आईतवार बेलुकी करिब ६ः३० बजेको समयमा गुर्भाकोटमा दिनेश घर्ती र नाम नखुलेकी एकजना महिलालाई बौलाह कुकुरले टोकेको हो। टोक्ना साथ् कुकुर भागेको स्थानीय सम्मर मल्लले बताए ।

कुकुरले टोकेर रेविज बिरुद्दको सूई लगाउन मेहेलकुना अस्पताल जादा रेविज बिरुद्दको सुई नभएपछि घाईते हरुलाई अस्पतालको एम्बुलेन्समा राखेर प्रदेश अस्पताल कालागाउ लगिएको छ। उक्त कुकुर हाल सुभघाट गाउमै घुमेकोले सचेत रहन पनि स्थानीयले आग्रह गरेका छन्।

पुर्बी सुर्खेतको एकमात्र सरकारी अस्पातल मेहेलकुना अस्पतालमा रेविज बिरुद्दको खोप नहुनु दुखद भएको स्थानीयले गुनासो गरेका छन्। साथै स्थानीयले रेबिज बिरुद्दको खोप तत्काल उपलब्ध गराउन पनि सबन्धित निकाएको ध्यानाकर्षण गराएका छन्। यस अघि लेकबेशी र भेरिगंगा नगरपालिकामा कुकुरको टोकाई बाट दुई जनाको ज्यान गईसकेको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!